काठमाडौं । माइक्रोम्याक्सले ‘क्यु ३२७’ स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । विशेष किसिमको प्रोसेसिङ रहेको उक्त मोवाइलमा ५.१ ललिपप ओएस भर्सन रहेको छ ।
हाल बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको उक्त मोवाइलमा १.२ गिगाहर्ज क्वार्ड कोर प्रोरसेर रहेको छ । जसको सहयताबाट फोन चलाउन धेरै सजिलो र छिटो छ ।
४ इन्चको डब्लुभीजीए स्क्रिनले फोनलाई शानदार बनाएको छ । यसमा ५ मेगापिक्सेलको रेयर र १ दशमलव ३ मेगापिक्सेलको फ्रण्ट क्यामेरा रहेको छ । फोनमा १ जिवी ¥याम, ८ जिबी रोम रहेको छ । जसलाई ३२ जिबीसम्म विस्तार गर्न सकिने छ ।
फोनमा १ हजार ४ सय ५० एमएच व्याट्रि रहेको छ । यसले थ्रीजी नेटवर्कलाई पनि सहजै सपोर्ट गर्ने छ । कम्पनीले यसको बजार मुल्य ६ हजार १ सय ९३ रुपैयाँ तोकेको छ ।