Logo

नयाँ बर्षमा एनटिसिको अफर, एमएमएसमा ५० प्रतिशत छुट

नयाँ बर्षमा एनटिसिको अफर, एमएमएसमा ५० प्रतिशत छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७३ को अवसरमा कम्पनीबाट संचालित विभिन्न सेवाहरुमा छुट उपलब्ध गराउने भएको छ । एनटिसिले जिएसएम र सिडिएमए मोबाइल सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएसको महसुल दरमा ५० प्रतिशत छुट दिन लागेको हो ।

चैत ३० देखि बैशाख १ गतेसम्मका लागि विद्यमान महसुल दरमा छुट उपलब्ध दिन लागेको बताइएको छ ।

जिएसएम प्रिपेड र पोष्टपेड सेवाका ग्राहकलाई १ सय एमबी डाटामा ५० रुपैयाँ ट्यारिफ उपलब्ध गराइने बताइएको छ । जुन ७ दिनसम्मा लागि चलाउन मिल्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL