काठमाडौं । सामसुङको ग्यासेक्सी जेथ्री नेपाली बजारमा भित्रिएको छ। ग्यालेक्सी जेथ्री मा ५ इन्च सुपर एमोलेड डिस्प्ले छ। फोनमा १दशमलव २ जीएचजेड क्वाडकोर प्रोसेसर र १दशमलव५ जीबी र्याम छ । यसमा इन्टर्नल मेमोरी ८ जीबी छ र मेमोरी कार्डका मद्दतले १२८ जीबीसम्म बढाउन सकिन्छ। जेथ्रीमा भएको ८ मेगापिक्सलको रियर र ५ मेगापिक्सलको फ्रण्ट क्यामेराबाट जिवन्त फोटो कैद गर्न सकिन्छ ।
फोनमा एन्ड्रोइड ५.१ ललीपप अपरेटिङ सिस्टम छ । यसमा भएक अन्य सुविधामा ३ जी, वाईफाई, ब्लुटुथ, जीपीएस, माइक्रोयुएसबी पोर्टलगायत छन् । यसको बजार मूल्य १६ हजार ९ सय ९० रुपैयाँ भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले विेशषगरी मोटरसाइकल तथा स्कुटर चालकलाई लक्षित पारेर यो फोन बजारमा ल्याएको बताएको छ ।