Logo

एसएलसी दिएका विद्यार्थीलाई ९०रुपैयाँमा सिम, रु.५० को टक भ्यालु र ३सय एमबी डाटा

एसएलसी दिएका विद्यार्थीलाई ९०रुपैयाँमा सिम, रु.५० को टक भ्यालु र ३सय एमबी डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई डाटासहितको सिमकार्ड बिक्री वितरण गर्ने भएको छ । टेलिकमले चैत २९ गते देखि सो सिम वितरण गर्न लागेको हो ।

एसएलसीमा सहभागी विद्यार्थीले ९० रुपैयाँमा पाउने सिमकार्डमा ५० रुपैयाँ बराबरको टक भ्यालु र ३०० एमबी डाटा निःशुल्क पाउने बताइएको छ । विद्यार्थीले सिम एक्टिभ भएको मितिदेखि ६ महिनासम्म प्रत्येक महिना ५० एमबीका दरले डाटा पाउने छन् ।

नयाँ योजना अन्तर्गत सिम कार्ड खरिद गर्ने विद्यार्थीहरुले एसएलसी परीक्षाको प्रवेश पत्रको प्रतिलिपि, विद्यार्थी आफ्नो वा अभिभावकको नागरिकताको प्रतिलिपि तथा नेपाल सरकारबाट जारी गरिएका परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि पेश गर्नुपर्नेछ । योजना २०७३ असारसम्म कायम हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL