Logo

हुवावेको ३ ओटा क्यामरासहितको स्मार्टफोन सार्वजनिक,मूल्य ७२ देखि ९० हजारसम्म

हुवावेको ३ ओटा क्यामरासहितको स्मार्टफोन सार्वजनिक,मूल्य ७२ देखि ९० हजारसम्म


बिजखबर संवाददाता
54
Shares

चिनीयाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेले पी नाइन र पी नाइन प्लस सार्वजनिक गरेको छ । कम्पनीले बुधवार लण्डनमा सो फोन सार्वजनिक गरेको हो । यी फोनमा ३ ओटा क्यामरा रहेको बताइएको छ । २ ओटा रियर र १ ओटा सेल्फि क्यामरा भएको बताइएको छ ।

हुवावे पी नाइन दुई नयाँ मोडल दुई सिरिजमा उपलब्ध छ । जसमध्ये एउटामा ३ जीवीको र्याम छ, जसमा ३२ जिबीको स्टोरेज छ । त्यस्तै अर्कोमा ४ जिवीको रयाम र ६४ जिवीको स्टोरेज छ । दुवैको स्टोरेज क्षमता माइक्रो एसडी को मदतबाट १ सय २८ जीवीसम्म बढाउन सकिने बताइएको छ ।

त्यस्तै हुवावे पीनाइन प्लसको ४ जीवि र्याम र ६४ जीवी स्टोरेज छ । पिनाइन स्मार्टफोनमा ५ दशमलव २ इन्चको आईपीएस एलसिडी डिस्प्ले छ । त्यस्तै यसमा भएको गोरिल्ला ग्लासले स्क्रिनलाई जोगाइराख्न मदत गर्छ । यो फोन २ दशमलव ५ गिगाहर्ज अक्टा कोर प्रोसेसरमा काम गर्छ ।

यसमा १२ मेगापिक्सलको रियर र ८ मेगापिक्सलको फ्रण्ट क्यामरा छ । त्यसैगरी हुवावे पीनाइन प्लस स्मार्टफोनमा ५ दशमलव ५ इन्चको एमोलेड डिस्प्ले स्क्रिन छ । यसमा ३४ सय एमएएच व्याट्रि छ । पी नाइनको ३ जीवीको र्याम भएको मोवाइलको मूल्य ५ सय ९९ यूरो अर्थात ७२ हजार रुपैयाँ पर्छ ।

त्यस्तै ४ जीबी र्याम भएको सो मोडलको फोनलाई ६ सय ४९ यूरो अर्थात ७८ हजार रुपैयाँ पर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी पीनाइन प्लसको मूल्य ७ सय ४९ यूरो अर्थात ९० हजार रुपैयाँ भएको बताइएको छ । कम्पनीका अनुसार पीनाइन १६ अप्रिल र पी नाइन प्लस २० मे पछि बजारमा उपलब्ध हुने छ ।एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL