Logo

विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट, ३ महिनाभित्र कार्यन्वयन

विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क इन्टरनेट, ३ महिनाभित्र कार्यन्वयन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी ३ महिना भित्र महानगरपालिका र उपमहानगरपालिका बाहेकका सवै उच्च मावि तथा स्वास्थ्य चौकीमा सूचना केन्द्र राखिने भएको छ । देशभरका नगरपालिका तथा गाविसका सरकारी विद्यालय तथा स्वास्थ्यचौकीमा निःशुल्क इन्टरनेटसहितको सूचना केन्द्र राखिने सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले बताए ।

मंगलवार प्रविधि पत्रकार मञ्चसँगको छलफलमा उनले यस्तो जानकारी दिएका हुन् । थपलियाका अनुसार एउटा सूचना केन्द्र राख्नका लागि करीव ६ लाख आवश्यक पर्छ । सूचना केन्द्र राख्न दूरसञ्चार विकास कोषको रकम प्रयोग गर्ने बारे सोचेको उनले बताए ।

केन्द्रमा फ्याक्स मेसिन, कम्प्युटर,स्क्यानरलगायत अत्यावश्यक सामग्री समेत राखिने बताइएको छ । त्यस्तै व्याकअप पनि उपलब्ध गराइने बताइएको छ ।

त्यस्तै सवै राजपत्रलाई सूचना प्रविधिभित्र समावेस गरिने जानकारी दिए । ‘२००८ सालदेखिको रापत्रलाई अनलाइनमा राख्ने तयारी गरेका छौं’ उनले भने, ‘बैशाखको पहिलो हप्तादेखि अनलाइनमा राख्ने छौं ।’

साथै अनलाइनलाई विस्तारै सुधार गर्दै लगिने बताइएको छ । छलफलमा उनले चलचित्रकर्मीहरुलाई परिचयपत्र दिने समेत जानकारी दिए ।

उनका अनुसार चैत मसान्तभित्र औपचारिक कार्यक्रम गरि चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी परिचयपत्र’ दिइने छ । शुरुमा पुराना कलाकारलाई परिचयपत्र उपलब्ध गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL