Logo

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात

दियालोले विकास गर्यो पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि, टोखा खानेपानी समितिबाट भयो सुरुवात



काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिजले पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधिको विकास गरेको छ । यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेशन गर्नेछ ।

दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरूको विकास गरेको हो ।

हालसम्म करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाइजेशनतर्फ गरिसकेको दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको हो । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट सुरू गरिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरि टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरे । कार्यक्रममा बोल्दै मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकोले सबै खानेपानी समितिहरुमा यसको प्रयोग हुनुपर्ने भन्दै अपिल समेत गरे ।
कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी समितिका प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा.रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL