Logo

प्रविधिलाई जनताको पहुँचमा पुर्याउनुपर्ने, सरकारी कार्यलयमा सूचना अधिकारी अनिवार्य

प्रविधिलाई जनताको पहुँचमा पुर्याउनुपर्ने, सरकारी कार्यलयमा सूचना अधिकारी अनिवार्य


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अत्याधुनिक प्रविधिको आजको युगमा सूचना प्रविधिलाई सबै नेपालीको पहुँचमा पुर्याउन आवश्यक भएको बताएका छन् । सोमवारदेखि शुरु भएको ‘दिगो विकासका लागि खुल्ला सरकारी तथ्याङ्क’ विषयको पाँचदिने प्रशिक्षणमा उनले यस्तो बताएका हुन् ।

राईले उनले सरकारले गरेका सबै काम कारबाहीलाई पारदर्शी बनाउन सबै सरकारी कार्यालयमा सूचना अधिकारीको उपस्थिति अनिवार्य गर्ने तयारी गरिएको बताए। नयाँ संविधानले सबै जाति, भाषा र क्षेत्रका अधिकार सुनिश्चित गरेको भन्दै सरकार र सरकारबाहिर रहेका सम्पूर्ण दल मिलेर त्यसलाई कार्यान्वयनमा लानुपर्ने विचार व्यक्त गरे।

सो अवसरमा सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले यो प्रशिक्षणमा सूचनाको हक, खुल्ला सरकारी तथ्याङ्क, दिगो विकासलगायतका विषयमा छलफल गरिने जानकारी दिए ।

आयुक्तद्वय यशोदा तिमिल्सिना र किरण पोखरेलले खुल्ला सरकारी तथ्याङ्कले लोकतन्त्र सुदृढीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका देशीय निर्देशक रेनड मेयरले सूचनाको हक कार्यान्वयन गर्न सबैको साझेदारिता आवश्यकता भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL