Logo

टेलिकमले ल्यायो ‘एनटीप्रो’ सुविधा, विदेशबाट कल गर्दा रोमिङ नलाग्ने

टेलिकमले ल्यायो ‘एनटीप्रो’ सुविधा, विदेशबाट कल गर्दा रोमिङ नलाग्ने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकमले ‘एनटीप्रो’ सेवा उपलब्ध गराउने भएको छ । ‘एनटीप्रो’ प्रयोग गरी नेपाल वा विदेशबाट समेत जिएसएम नेटवर्क बाहिर भएको अवस्थामा इन्टरनेट जोनभित्र रहेर आफ्नै पोष्टपेड मोवाइलमार्फत विश्वभर फोन गर्न सकिने बताइएको छ ।

सो सुविधा लिनका लागि पहिले इन्टरनेटको प्रयोग गरी आफ्नो जीएसएम पोस्टपेड मोबाइल मार्फत एनटीप्रो एकाउन्ट खोल्नु पर्छ । सो अकाउन्ट खोल्न एप्पल एप स्टोर र गुगल प्ले स्टोरबाट एनटीप्रो एप डाउनलोड गर्नुपर्छ । सव एनटीप्रो टाईप गरी १४२८ मा एसएमएस गरेपछि प्राप्त युजर नेम र पासवर्ड प्रयोग गरी यो सेवा उपयोग गर्न सकिन्छ ।

विदेशमा जाँदा रोमिङ सुविधा नलिइकन नै नेपालमा कल गर्नका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यो सेवा रोमिङ सेवाको सजिलो बिकल्पको रुपमा रहेको छ । एनटीप्रोबाट एनटीप्रोमा निःशुल्क कल गर्न सकिन्छ । एनटीप्रो बाट कल गर्दा वा रिसिभ गर्दा नेपाल टेलिकमको जीएसएम पोष्टपेड नम्बर नै कायम रहनेछ ।

यसबाट कम्पनीको नेटवर्कमा कल गर्दा र कम्पनीको नेटवर्कबाट एनटीप्रोमा कल रिसिभ गर्दा प्रतिमिनेट रु.६ शुल्क लाग्छ । त्यसैगरी यसबाट अन्तर्राष्ट्रिय कल गर्दा कम्पनीको विद्यमान अन्तर्राष्ट्रिय महसुल दर भन्दा ६रुपैयाँ बढी शुल्क लाग्ने बताइएको छ ।

यो सुविधा लिए वापत मासिक रुपमा रु१ सय शुल्क लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL