Logo

दूरसञ्चार उपकरण आयात ५० प्रतिशतले घट्यो, १ वर्षमा पौने ४ अर्बको आयात

दूरसञ्चार उपकरण आयात ५० प्रतिशतले घट्यो, १ वर्षमा पौने ४ अर्बको आयात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दूरसञ्चार उपकरणको आयात ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७१/७२मा ३ अर्ब ८२ करोड १० लाख रुपैयाँ बराबरको दूरसञ्चार उपकरण आयात भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ३ ओटा सेवा प्रदायक र २ ओटा आयातकर्ता कम्पनीले उक्त मूल्य बराबरका उपकरण आयात गरेका हुन् ।

समिक्षा आवमा भएको उपकरण आयात यो अघिल्लो आव २०७०/७१को भन्दा करीब ५० प्रतिशतले कमी हो । अघिल्लो आवमा ६ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ बराबरका दूरसञ्चार उपकरण आयात भएका थिए । त्यस्तै, आर्थिक वर्ष २०६९/७०मा ८ अर्ब ३८ करोड ४२ लाख मूल्य बराबरको दूरसञ्चार उपकरण आयात भएको थियो ।

खासगरी भुकम्प तथा नाकाबन्दीका कारण उपकरण आयात घटेको सेवा प्रदायकले जनाएका छन् । दूरसञ्चार सेवाको वृद्धि तथा विस्तारसँगै यसका लागि आवश्यक उपकरणको आायत बढ्दै जानुपर्ने भएपनि भारतले गरेको नाकाबन्दीका कारण त्यसमा प्रभाव पारेको हो ।

टेलिकम तथा इण्टरनेट सेवा प्रदायकहरूले उपकरण आयातका लागि प्राधिरणको सिफारिस लिनुपर्ने प्राबधान रहेको छ । मन्त्रालयमार्फत प्राधिरणले गरेको सिफारिसको आधारमा राष्ट्र बैङ्कले ती कम्पनीहरूलाई उपकरण आयातका लागि आवश्यक रकमको सटही गराउँछ ।

यसबीचमा नेपाल टेलिकम, एनसेल, स्मार्ट, आईफोर टेक्नोलोजिजगायत सेवा प्रदायकको उपकरण आयातका लागि बढी रकम सिफारिस गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, आईएसपी तथा अन्य सेवाप्रदायकहरूले पनि उपकरण खरीदका लागि प्राधिरणबाट सिफारिस लिएका छन् । टेलिकम तथा इण्टरनेट सेवा प्रदायकहरू सेवाको सङ्ख्यात्मक तथा गुणस्तर वृद्धिमा लागेकाले प्रविधि र उपकरण आयातमा ठूलो रकम खर्च भएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

telecommunation equipments

प्रतिक्रिया दिनुहोस्