Logo

जिओनीको दुईओटा स्क्रिन भएको स्मार्टफोन सार्वजनिक, मूल्य ६५ हजार

जिओनीको दुईओटा स्क्रिन भएको स्मार्टफोन सार्वजनिक, मूल्य ६५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जिओनीले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले डब्लु ९०९ नामक एन्ड्रोइड फ्लिप फोन बजारमा ल्याएको हो।

जिओनीको सो स्मार्टफानेमा फिङ्गरप्रिन्ट सेन्सर, युएसबी टाइप सी पोर्ट तथा डुअल टच स्क्रिनलगायत विशेषता छन् ।

त्यस्तै ४ दशमलव २ इन्च एचडी डिस्प्ले र बाहिर आईपीएस डिस्प्ले छ जसमा २ दशमलव ५ डी ग्लासको प्रयोग गरिएको छ। फोनमा ओक्टाकोर मिडियाटेक एमटी प्रोसेसर र ४ जीर्बी याम छ।

इन्टरनल मेमोरी ६४ जीबीको भएको सो फोनमा अगाडि ५ र पछाडि १३ मेगापीक्सेलको क्यामरा छ। फोनमा ४ जी, जीपीएस वाईफाई, युएसबी टाइप सी जस्ता सुविधा छन्।

चीनमा समर्वजनिक गरिएको यस फोनको मूल्य करिब ६५ हजार रुपैयाँ तोकिएको छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्
MBL