Logo

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाईने

एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँ बोनस पाईने



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १ सय रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

यो योजना भदौ २८ गते मंगलबार देखि संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले १ सय रुपैयाँ रिचार्ज गर्दा १ दिन मान्य रहने गरी १० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्नछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि १ सय ५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २ सय वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४० रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL