Logo

सिजी आइवेयर बजारमा, मूल्य ४ हजार ४ सय

सिजी आइवेयर बजारमा, मूल्य ४ हजार ४ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजी मोवाइलले ‘सिजी आइवयर ’ नेपाली बजारमा भित्र्याएको छ । सो स्मार्ट वाचको मूल्य ४ हजार ४ सय ४४ तोकिएको छ । एण्ड्रोइड तथा आइओएस दुवै प्रयोगकर्ताहरुका लागि सो डिभाइस फाइदाजनक हुने कम्पनीले जानकारी दिएको छ ।

सिजी आइवेयरको स्क्रिन १ दशमलव ४४ इन्चको छ । यसमा ४दशमलव ० ब्लुटुथ,३ सय ५० एमएएचको व्याट्रिलगायत सुविधा छन् । सो स्मार्ट वाच ब्राउन, सिल्भर, ब्ल्याक सिल्भर,ब्याल्क डार्कलगायत ५ रङमा उपलब्ध छ । सिजी आइवेयर प्राप्त गरेसँगै फिटनेशसँग सम्वन्धित विशेषता जस्तै पाइला गन्ने तथा निन्द्रको मोनिटरीङ गर्न सकिन्छ ।

त्यस्तै स्मार्टफोनमा कनेक्ट गरेसँगै फोन कल, एसएमएस, इमेल तथा फेसबुट, ट्वीटरलगायतका नोटिफिकेशन देखाउछ ।

सिजी फिटनेसमा बढी चासो राख्ने तथा प्रविधिसँग रामाउने युवाहरुलाई लक्षित गर्दै सिजी आइवयर ल्याइएको कम्पनीका विजनेश हेड रमेश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL