Logo

परमारलाई आईसीटी एक्सिलेन्स अवार्ड, आईसिटीमा गरेको योगदानको कदर

परमारलाई आईसीटी एक्सिलेन्स अवार्ड, आईसिटीमा गरेको योगदानको कदर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘टेक समिट २०१६’ मा नेपालका प्रमोदकुमार परमार आइसिटी एक्ससिलेन्स अवार्ड २०१६ बाट पुरस्कृत भएका छन् ।

बंगलादेशको सीटीओ फोरम र भारतको इन्फोकम इन्डियाले बंगलादेशमा आयोजना गरेको सो समिटमा सूचना तथा सञ्चार प्रविधि ९आईसीटी बिज्ञलाई उनीहरुले गरेको योगदानको आधारमा सो अवार्ड प्रदान गरिदै आएको छ ।

बंगलादेशको ढाकामा गत मार्च ११ र १२ मा सम्पन्न टेक समिटमा सो अवार्ड प्रदान गरिएको हो । यस वर्ष भारत, बंगलादेश, श्रीलंका, भुटान र नेपालका सूचना प्रविधिमा संलग्न एक÷एक जना ब्यक्तिलाई सो अवार्ड प्रदान गरिएको हो ।

परमारले मोबाइल मनी र मोबाइल बैंकिङका विषयमा सन् २००९ देखि नै विभिन्न देशमा संचालित सेमिनारमा कार्यपत्र प्रस्तुत गर्दै आएका थिए । परमार हाल नेपाल टेलिकमको ब्याकबोन प्रसारण निर्देशनालयका निर्देशकको रुपमा कार्यरत छन् । नेपाल टेलिकमका विभिन्न विभागमा रहेर उनले लामो समयदेखि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL