Logo

एनसेलको एउटै प्याकमा डाटा र भ्वाइस, रु २० मा २० मिनेट टक टाइम र २० एमबी डाटा

एनसेलको एउटै प्याकमा डाटा र भ्वाइस, रु २० मा २० मिनेट टक टाइम र २० एमबी डाटा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई एउटै प्याकबाट भ्वाइस र डेटा सेवा उपलब्ध गराएको छ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी–ट्वान्टी प्याक’ ल्याएको दावी गरेको छ । जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अझ सुलभ दरमा भ्वाइस र डेटा सेवाको मज्जा लिन सक्छन् ।

हाल भईरहेको आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकफ क्रिकेट प्रतियोगिताको अवसर पारेर ल्याइएको यो प्याक आजकै मितिबाट लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

ग्राहकले कर बाहेक २० रुपैयाँमा मा ट्वान्टी–ट्वान्टी प्याक खरिद गरी एनसेल नेटवर्कभित्र कल सक्नेछन् । जस अन्तरगत २० रुपैयाँमा २० मिनेटको टक टाइम र २० एमबी डाटा प्राप्त गर्न सक्छन् । यो प्याक ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अवधिभर संचालनमा रहने छ ।

सामान्य अवस्थामा, प्रति मिनेट कलको कर बाहेक रु १ रुपैयाँ ९९ पैसा पर्छ भने कुनै प्याक खरिद नगरी डाटा चलाउदा प्रति एमबि रु ३ पर्दछ । तर, ट्वान्टी–ट्वान्टी प्याक लिदा ग्राहकले करिब १ सय रुपैयाँ बराबरको सेवा २० रुपैयाँमै प्राप्त गर्नेछन् ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७११४ मा डायल गरी वा अग्रेजीमा २० टाईप गरी १७११४ मा एसएमएस पठाएर सहजै यो प्याक खरिद गर्न सक्छन् । प्याकको समयावधि २४ घण्टा रहनेछ । आफ्ना प्रिपेड ग्राहकका लागि पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको प्याक ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘सुलभ दरमा उपलब्ध यस प्याकले ग्राहकलाई ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको अवसरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रही आपसमा खेलको मज्जा साट्न मद्दत गर्ने छ,’ शर्माले भने ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक जति पटक पनि खरिद गर्न सक्छन् । यदि ग्राहकले एकैदिनमा २ पटक यो प्याक खरिद गरेमा पछिल्लो पटक खरिद गरिएको प्याक अनुसार सेवा उपयोगको समयसिमा तोकिनेछ र अघिल्लो प्याकको बाँकी टक टाइम र डाटा पनि पछिल्लो प्याकको टक टाइम र डाटामा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL