Logo

एनटिएले भित्र्यायो रेडिएसन र स्पेक्ट्रम मापन यन्त्र

एनटिएले भित्र्यायो रेडिएसन र स्पेक्ट्रम मापन यन्त्र


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए)ले रेडिएशन मापक यन्त्र (रेडिएसन मिटर) र फ्रिक्वेन्सि मापन यन्त्र (स्पेक्ट्रम एनालाइजर) खरीद गरेको छ ।

जसमध्ये रेडिएशन मिटरले मोवाइल टावरबाट हुने इलेक्ट्रोम्याग्नेटिक रेडियशन मापन गर्छ । त्यस्तै स्पेक्ट्रम एनालाइजरले रेडियो फ्रिक्वेन्सी मापन गर्ने एनटिएका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए ।

एनटीएले रेडिएसन मिटर जर्मनीबाट आयात गरेको हो । सो उपकरणको मूल्य करीव ७० लाख रुपैयाँ परेको बताइएको छ । रेडियो तरंगले दैनिक जीवनमा हानी गरेको गुनासो बढ्न थालेपछि सो उपकरण भित्र्याइएको उनले जानकारी दिए ।

अर्यालका अनुसार एनटिएले शुरुमा गुनासो रहेको क्षेत्रमा परीक्षण गर्न सो उपकणको प्रयोग गर्ने छ । ‘त्यसपछि गुनासो आइरहेको क्षेत्रमा क्रस चेक गर्न प्रयोग गर्ने छौं’ उनले भने । उपकरणबाट खराब देखिएकामा टेलिकम सेवा प्रदायकलाई सो टावर विस्थापन गरी मापदण्ड अनुसारको जडान गर्न निर्देशन दिने बताइएको छ । सो उपकरणले दैनिक जीवनमा तरंगले हानी गरेन नगरेको पत्ता लाग्छ ।

दूरसञ्चार प्राधिकरणले शुरुमा एउटा ल्याए पनि त्यसको माग बढेमा विस्तारै अरु पनि आयात गरिने बताइएको छ । हाल देशभर करिव ६ हजार रेडियो टावर छन् । प्राधिकरणले ती टावरहरुको जोखिमबारे नियमन गर्दै आएको छ ।

त्यस्तै प्राधिकरणले दूरसञ्चार सेवामा प्रयोग भएका रेडियो फ्रिक्वेन्सी मापन गर्ने उद्देश्यका साथ स्पेक्ट्रम एनालाइजर खरीद गरेको हो । सो यन्त्रको मदतले प्राधिकरणबाट अनुमतिपत्र प्राप्त व्यक्तिहरुले प्राधिकरणबाट स्वीकृति भए अनुसारको फ्रिक्वेन्सी प्रयोग गरे नगरेको सम्वन्धमा मापन गर्ने बताइएको छ ।

साथै अनाधिकृत फ्रिक्वेन्सि प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य रहेको प्रवक्ता अर्यालले जानकारी दिए । अमेरिकाको किसाइट टेक्नोलोजीबनट उत्पादित सो उपकरणले १ मेगाहर्जदेखि २० गिगाहर्जसम्मको फ्रिक्वेन्सीको सिग्नल मापन गर्न सक्छन । यसको तौल ३ केजीको छ । जसले गर्दा देशभर जुनसुकै स्थनमा पनि बोकेर लैजान सकिन्छ ।

प्राधिकरणबाट स्वीकृत फ्रिक्वेन्सी प्रयोगमा अन्य बाह्य सिग्नलको कारण भई इन्टरफेरेनस भए नभएको सम्वन्धमा उपकरण प्रयोग गरी थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्