Logo

एनटिसी र अरब इमिरेट्सले ल्याए नयाँ योजना, अरबबाट नेपाल फोन गर्न ८ रुपैयाँ ८० पैसा

एनटिसी र अरब इमिरेट्सले ल्याए नयाँ योजना, अरबबाट नेपाल फोन गर्न ८ रुपैयाँ ८० पैसा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स इटिसलेट कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित कुनै पनि टेलिफोन नम्बरमा प्रचलित दररेट भन्दा ५० प्रतिशत सस्तो दरमा कल गर्न सकिने व्यवस्था गरिएको छ । जसअनुसार इटिसलेट कम्पनीको मोबाइलबाट नेपाल टेलिकमद्वारा वितरित टेलिफोन नम्बरमा कल गर्दा प्रतिमिनेट ३० फिल्स अर्थात करिब ८ रुपैयाँ ८० पैसा मात्र महसुल लाग्ने छ ।

सो योजना फागुन १८ देखि तीन महिनासम्म लागू गरिएको बताइएको छ । नेपाल टेलिकमको विशेष अनुरोधमा नेपाली ग्राहकलाई लक्षित गरी कम्पनीले उक्त अफर लागू गरेको हो ।

यस छुट अफरबाट युृएईमा कार्यरत नेपालीलगायत अन्य उपभोक्ताहरु पनि लाभान्वित हुने टेलिकमले जानकारी दिएको छ ।

यो अफर नहुँदाको सामान्य दर भने प्रतिमिनेट ६० फिल्स अर्थात करिब १७ रुपैयाँ ६० पैसा रहेको छ । नेपालबाट युएईमा कल गर्दा भने हाल प्रतिमिनेट १२ रुपैयाँ महसुल लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL