Logo

सेवा प्रदायकले गुणस्तरिय सेवा नदिएको सञ्चार मन्त्रीको गुनासो,भन्छन्‘अप्टिकल फाइवर तत्काल विच्छ्याउ’

सेवा प्रदायकले गुणस्तरिय सेवा नदिएको सञ्चार मन्त्रीको गुनासो,भन्छन्‘अप्टिकल फाइवर तत्काल विच्छ्याउ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनताले सहज रुपमा दूरसञ्चार सेवा नपाएको बताए । बिहीवार दूरसञ्चार प्राधिकरणको १८ औं बार्षिकोत्सवको अवसरमा उनले कुनै पनि सेवा प्रदायकले राम्रो सेवा दिन नसकेको भन्दै त्यसतर्फ ध्यान दिन निर्देशन दिए । ‘जनता सजिलो र सहज रुपमा दुरसञ्चार सेवा प्राप्त गर्न चाहन्छन्,’ उनले भने ‘सेवा प्रदायकले सोहि अनुरुपको सेवा उपलब्ध गराउनु पर्छ ।’

सो अवसरमा उनले हाल रहेका पूर्वाधारहरुको सदुपयोग गरी सेवा दिनुपर्ने बताए । साथै अन्य पूर्वाधार निर्माणलाई तिव्र बनाउन समेत सुझाए । मन्त्री राईले पूर्वाधारको सहप्रयोगलाई समेत अघि बढाउन निर्देशन दिए ।

कार्यक्रममा उनले अप्टिकल फाइवर विच्छ्याउने कामलाई तत्काल लागु गर्न निर्देशन दिए । २०२० सम्म सवै जनता समक्ष इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्यलाई पुरा गर्न सवै सेवा प्रदायकले आ आफ्नो स्थानबाट काम गर्नुपर्ने राईले बताए । कार्यक्रममा मन्त्रि राईले सेवा प्रदायकको नियमन तथा अनुगमन लाई प्राधिकरणले निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा मन्त्रालयमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाले छिटोछिटो परिवर्तन हुने क्षेत्रमा नीतिगत संरचना ढिला हुँदा समस्या आएको बताए । त्यस्तै विधिलाई प्रविधिले जोडेर प्राधिकरण अघि बढ्नु आवश्यक रहेको बताए । सचिव थपलियाले नियामक निकायको रुपमा प्राधिकरण व्यवस्थित हुनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका अध्यक्ष दिगम्वर झाले मन्त्रिले दिएका सवै सुझावलाई निर्देशनका रुपमा लिएको बताए । साथै अप्टिकल फाइवर, फोर जीलगायत चाँडै नै कार्यन्वयनमा ल्याइने जानकारी दिए । सो अवसरमा अध्यक्ष झाले सवै विनियमावलीहरु तयार भएको र कार्यन्वयनको चरणमा रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL