Logo

एनसेलको रोमिङ रिवार्ड योजना सञ्चालनमा, बिहीवारदेखि लागु

एनसेलको रोमिङ रिवार्ड योजना सञ्चालनमा, बिहीवारदेखि लागु


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले रोमिङ रिवार्ड योजना सञ्चालनमा ल्याएको छ । यससँगै एनसेलका पोष्टपेड र प्रिपेड सेवाका ग्राकहले देश बाहिर गएको बेलामा भ्वाइस रोमिङ सेवा प्रयोग गरी निश्चित प्वाइन्ट वा माइल पाउन सक्छन् ।

यसरी पाइने प्वाइन्ट वा माइल निःशुल्क हवाई टिकट वा होटेल बसाइका लागि प्रयोग गर्न सकिने बताइएको छ । योजना बिहीवारदेखि लागु हुने छ ।

एनसेलले ट्राभलिङ कनेक्टसँगको सहकार्यमा बारम्बार विदेश भ्रमण गरिरहने र होटल तथा एअरलाइन्स कम्पनीले प्रदान गर्ने विभिन्न ग्राहकमुखी कार्यक्रम (लोयल्टि प्रोग्राम) मा भाग लिने ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यका साथ योजना सञ्चालनमा ल्याएको हो । ट्राभलिङ कनेक्ट रोमिङ सेवा प्रयोग गर्ने ग्राहकहरुलाई पुरस्कृत गर्ने विश्वकै पहिलो कार्यक्रमका रुपमा चिनिन्छ ।

योजना अन्र्तगत ग्राहकले प्रति एक मिनेट कल गरे वापत एक प्वाइन्ट वा माइल पाउछन् । हवाई टिकट र होटलको बसाई बाहेक ग्राहकले उक्त प्वाइन्ट वा माइल लोयल्टि प्रोगाम अनुसार उपलब्ध अन्य वस्तु वा सेवा लिन पनि प्रयोग गर्न सक्छन् ।

सो योजनामा सहभागी हुनका लागि एनसेलको वेबसाईटमा गई एनसेल रोमिङ क्लबमा आफ्नो नाम, इमेल, मोबाईल नम्बर आदि जानकारी भरेर रजिस्टर गर्नु पर्दछ । रजिस्टर गर्दा आफुले प्रगोग गर्ने एअरलाइन्स वा होटेलको लोयल्टि प्रोग्राम पनि छान्नु पर्छ । यो योजनमा लािग ३० भन्दा बढि एअरलाइन्स कम्पनी र होटल ब्राण्डको पार्टनरसिप रहेको बताइएको छ ।

एअरलाइन्सहरुमा जेट एअरवेज, एअर इण्डिया, अमेरिकन एअरलाइन्स, थाई एअरवेज, एतिहाद एअरवेज, गल्फ एअर, कतार एअरवेज, ओमान एअर, सिंगापुर एअरलाइन्स, टर्किस एअरलाइन्स, मलेसिया एअरलाइन्स लगायत अन्य र होटलहरुमा म्यारियट, हिल्टन र इन्टरकन्टिनेन्टल होटल समुह यसका पार्टनर हुन् ।

रजिस्टर गरिसके पछि, ट्राभलिङ्ग कनेक्टले कनफर्मेसन इमेल पठाउँछ । प्रत्येक महिना के कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर ग्राहकलाई इमेलबाट जानकारी पनि पठाउने बताइएको छ ।
महिना सकिएको ४५ दिन भित्र ग्राहकको खातामा उक्त महिनामा आर्जन गरेको प्वाइन्ट वा माइल प्रदान गरिनेछ ।

एनसेलका कर्पोरेट संबाद विज्ञ मिलन शर्माका अनुसार ग्राहक आफैले पनि आफ्नो खातामा कति प्वाइन्ट वा माइल जम्मा भयो भनेर हेर्न सक्छन् । साथै लोयल्टि प्रोग्राम, इमेल वा फोन नम्बर परिवर्तन लगायतका अपडेट पनि ग्राहकले आफै गर्न सक्ने उनले जानकारी दिए । ‘विदेश भमणको दौरान आफ्ना प्रियजनसँग सम्पर्कमा रहदा निःशुल्क हवाई टिकट वा होटेल बसाइ प्राप्त गर्न सकिने यो रोमिङ्ग रिवार्डले ग्राहकहरुलाई थप लाभ प्रदान गर्नेछ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL