Logo

विदेशी पर्यटकलाई एनटिसिको सिम निःशुल्क, टिआइएको आगमन कक्षबाट उपलब्ध गराइने

विदेशी पर्यटकलाई एनटिसिको सिम निःशुल्क, टिआइएको आगमन कक्षबाट उपलब्ध गराइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले विदेशी पर्यटकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न थालेको छ । बुधवार एक कार्यक्रमवीचसूचना तथा सञ्चारमन्त्री शेरधन राई र सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले निःशुल्क सिम बितरण कार्यको शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री राईले देश आर्थिक विकासतिर अग्रसर भइरहेको सन्दर्भमा टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबद्र्धनलाई टेवा पु¥याउने कार्य गरेको बताए ।

साथै यसले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरे । मन्त्री राईले नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने कार्यलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एक नारायण अर्याल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइराला र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा कम्पनीले सिम वितरण कार्य प्रारम्भ गरेको हो । हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने छ । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने छ ।

उक्त सिमकार्डमा रु. ५० को टकभ्यालु समेत रहेको छ । पर्यटकलाई नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस् भन्ने हेतुले यो सेवा उपलब्ध गराइएको हो ।
नेपाल भ्रमणमा रहेका पर्यटकहरु कथंकदाचित् सम्पर्कविहीन भएमा पनि उक्त सिममार्फत लोकेसन ट्रयाक गरी उद्धार गर्न सहज हुनेछ । यसले गर्दा पर्यटकहरु थप सुरक्षित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL