Logo

एटिएम प्रयोग गरेपछी विल फाल्ने बानी छ ? ख्याल गर्नुहोस यस्ता समस्या आउन सक्छन्

एटिएम प्रयोग गरेपछी विल फाल्ने बानी छ ? ख्याल गर्नुहोस यस्ता समस्या आउन सक्छन्


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एटिएम प्रयोग गरिसकेपछी आउने रसिद अधिकांशले डस्टविनमा फाल्ने गर्छन् । हामीमध्ये एकदमै कमले मात्र विललाई आफ्नो खल्तिमा राख्छौं । अझ कतिपयलाई त रसिद वाहिर आउनजेल कुर्ने समय पनि हुदैन ।
एटएम प्रयोग गरेपछि रसिद फाल्ने वा एटिएममै छाडेर हिड्ने बानी छ भने जतिसक्दो छिटो सुधार गरेकै राम्रो । किनकी यस्तो वानीबाट कहिलेकाही हामी पैसा चोरीको सिकार बन्न सक्छौ ।

एटिएम विलले तपाँईको पैसा सुरक्षित छ भन्ने बारे जानकारी दिन्छ । किनकी पछिल्लो समय बैंकबाट पैसा चोरिएका थुप्रै घटनाहरु सुन्नमा आएका छन् । विशेषगरी महिनौ या बर्षौसम्म आफ्नो खाताको पैसा जाँच नगर्नेहरु यस्ता समस्याका सिकार बनेका छन् ।

यसले गर्दा एटिएम प्रयोग गरिसकेपछि रसिद आफ्नो खल्तिमा राख्नु उपयोगी हुन्छ । तपाईले च्यातेर डस्टविनमा फ्याक्नुभएको विलबाट पनि ह्याकरले तपाँईको खाताको पैसा चोर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL