Logo

भरतपुर वितरण केन्द्रले उठायो पोल भाडाबापत १ करोड ५७ लाख, सिम टिभी र क्लासिक टेकले अझै तिरेनन्

भरतपुर वितरण केन्द्रले उठायो पोल भाडाबापत १ करोड ५७ लाख, सिम टिभी र क्लासिक टेकले अझै तिरेनन्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बिद्युत पोल प्रयोग गरेबापत १ करोड ५७ लाख ३९ हजार ९ सय ७३ राजश्व सङ्कलन गरेको छ । जिल्लामा रहेका १४ वटा केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाबाट राजश्व रकम भुक्तानी गराइएको हो ।

भुक्तानी गर्नेमा चित्रवन युनिक केवल, कनेक्सट नेपाल, त्रिवेयाणी केवल नेटवर्क, फाइवर वल्ड कम्युनिकेशन प्रा।लि रहेका कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

यस्तै ब्रोडलिङ्क, वेबसर्फर, डिशहोम, भायानेट कम्युनिकेशन, टेक माइन्ड कम्युनिकेशन र एजियाटा एन सेलले पोल प्रयोग बापतको राजश्व बुझाएका हुन् । उनका अनुसार जिल्लामा अझै सिम टिभी र क्लासिटेक कम्युनिकेशनले ३०÷३० लाख रुपैयाँ बुझाउन बाँकी रहेको छ । अन्य स–साना कम्पनीहरु पनि रहेको र उनीहरु राजश्व बुझाउन आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयले पोल प्रयोग गरेबापतको भाडा बुझाउन केवल अपरेटर तथा इन्टरनेट सेवा प्रदायक संस्थाको लाइन काट्ने तथा सामान जफत गर्ने गरेपछि सेवा प्रदायक संस्थाहरुले राजश्व बुझाउन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्