Logo

क्रिप्टोकरेन्सी, हाइपरफण्ड, अनलाइन जुवालगायतका वेबसाइट नेपालमा नचल्ने, प्राधिकरणले थाल्यो डिसेवल र कालोसूचीमा राख्ने प्रक्रिया

क्रिप्टोकरेन्सी, हाइपरफण्ड, अनलाइन जुवालगायतका वेबसाइट नेपालमा नचल्ने, प्राधिकरणले थाल्यो डिसेवल र कालोसूचीमा राख्ने प्रक्रिया



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा अवैध मानिएका भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङका लागि प्रयोग हुने वेबसाइट, एप्सलगायत बन्द गर्ने भएको छ ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै नेपालमा मौद्रिक उपकरणको रुपमा कानुनी मान्यता नपाएका बिटक्वाईन, क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतसँग सम्बन्धित वेबसाइट बन्द गर्नुपर्ने भएको बताएको हो । नेपाल राष्ट्र बैंकले पनि यस्ता अवैध वेबसाईटमार्फत क्यापिटल फ्लाईट भएको भन्दै यी वेबसाइटमाथि निगरानी र कारबाही बढाएको छ ।

राष्ट्र बैंकको सोही कदमलाई साथ दिँदै प्राधिकरणले पनि यस्ता प्रकृतिका उपकरणलाई गैरकानुनी क्रियाकलाप र आर्थिक अपराधसँग सम्बन्धित उपकरण मानेको छ । प्राधिकरणले यस्ता उपकरणका माध्यमहरुलाई नेपालमा डिसेबल र कालोसूचीमा राख्ने प्रक्रिया थालेको बताएको छ ।

यसका लागि प्राधिकरण्ले यस्ता वेबसाईट वा एप्सहरु संचालनमा रहेको पाएमा प्राधिरकणसमक्ष सम्पर्क गर्न आह्वानसमेत गरेको छ । यस्तै प्राधिकरणले यस्ता प्रकृतिका क्रियाकलापमा नलाग्नसमेत सबैमा आग्रह गरेको छ । यस्ता क्रियाकलापमा लागेको पाईएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

यसअघि नेपाल राष्ट्र बैंकले यस्ता क्रियाकलापमा संलग्न केही व्यक्तिमाथि निगरानीसँगै अनुसन्धान गरी कारवाहीको प्रक्रियासमेत अघि बढाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL