Logo

एससीटी कार्ड प्रयोगकर्तालाई ‘अर्थक्वीक डिटेक्टर’, भुकम्प आउनु पूर्व जानकारी दिने

एससीटी कार्ड प्रयोगकर्तालाई ‘अर्थक्वीक डिटेक्टर’, भुकम्प आउनु पूर्व जानकारी दिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एससीटी कार्ड प्रयोगकर्ताको लागि ‘अर्थक्वीक डिटेक्टर’ उपलब्ध गराईने भएको छ । स्मार्ट च्वाइस टेक्नोलोजीले आफ्ना कार्ड प्रयोग गर्ने बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुलाई उक्त सुविधा दिन लागेको हो ।

आफ्ना ग्राहकहरुलाई एससीटी कार्ड प्रयोग गरेको आधारमा उपहार स्वरुप उक्त अर्थक्वीक डिटेक्टर उपलब्ध गराइने स्मार्ट च्वाइसका चिफ बिजनेश अफिसर प्रणयराज भण्डारीले बताए । ‘कार्ड बढी प्रयोगगर्ने प्रयोगकर्तालाई लक्की ड्र गरेर वा उपहार स्वरुप उक्त मेसिन उपलब्ध गराउने छौं,’ उनले भने, ‘जुन भुकम्प सम्बन्धी जानकारी लिनका लागि उपयोगी हुने छ ।’ एससीटी कार्ड मार्फत बढी कारोवार गर्ने ग्राहकहरुले यस्तो डिटेक्टर पाउने छन् ।

विशेषगरी ‘मोको’ एपमार्फत एसटीसीकार्ड कार्ड प्रयोग गर्ने ग्राहकका लागि यो सुविधा दिइने कम्पनीले जानकारी दिएको छ । एसटीसीले ल्याएको मोको एपमार्फत मोवाइल रिचार्ज, इन्टरेनटको विल तथा डिस होमको रिचार्ज गर्न सकिने छ ।

उक्त डिटेक्टरले ५ रेक्टरभन्दा बढीको भुकम्प आउन लागेमा अग्रीम रुपमा जानकारी दिने छ । भुकम्प आउनुभन्दा २ सेकेन्ड अगाडी डिटेक्टरमा साइरन बज्ने छ । जसले गर्दा भुकम्पबाट जोगिन सहयोग पुग्ने कम्पनीले जानकारी दिएको छ ।

हाल कम्पनीद्वारा जारी एसटीसी कार्ड नेपालका ५४ वटा बैंक तथा वित्तीय संस्थाले प्रयोग गरिरहेका छन् । साथै, ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग हुने भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL