Logo

एनसेलको पिन नम्बर दुरुपयोग हुने क्रम बढ्यो, सजक रहन ग्राहकलाई आग्रह

एनसेलको पिन नम्बर दुरुपयोग हुने क्रम बढ्यो, सजक रहन ग्राहकलाई आग्रह


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेलले पिन नम्बर दुरुपयोग हुने क्रम बढेको छ । एनसेलले ल्याएको ‘एनसेल एप’को माध्यमबाट केहि व्यक्तिले ग्राहकलाई झुक्याई दुरुपयोग गरेको कम्पनीले जानकारी दिएको छ ।

एनसेलले आफ्नो एप प्रयोगकर्तालाई एप एक्टिभेट गर्ने पिन कोडलगायतका व्यक्तिगत विवरण अरुलाई नभन्न तथा नदिन अनुरोध गरेको छ । पछिल्लो समय निकोडलागायतका महत्वपूर्ण कुराको दुरुपयोग हुने थालेकाले ग्राहकलाई सचेत हुन अनुुरोध गरेको छ ।

ग्राहक आफैले विभिन्न सेवा लिन तथा तिनको आवश्यकता अनुसार प्रभावकारी व्यवस्थापन गर्न सकुन् भन्ने उद्देश्यले एपको विकास गरेपनि हाल त्यसको दुरुपयोग भइरहेको एनसेलले जानकारी दिएको छ । ‘एनसेल एप ग्राहकको व्यक्तिगत अकाउन्ट (खाता) व्यवस्थापनका लागि हो । यो नितान्त व्यक्तिगत हुन्छ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने, ‘त्यसैले एपको एक्टिभेसनका लागि प्राप्त हुने पिन नम्बर ग्राहकले गोप्य राख्नु पर्छ र कसैले मागेमा दिनु हुँदैन ।’

पिन नम्बरजस्ता संवेदनशिल विवरण कम्पनीले पनि ग्राहकसँग फोन गरेर नमाग्ने जानकारी दिंदै कसैले एनसेलको नाम लिई ग्राहकसँग एनसेल एपको पिन वा अन्य कुनै पनि व्यक्तिगत विवरणको जानकारी मागेमा नदिन आग्रह गरे । यदि कसैले एनसेलको नाममा जानकारी लिन खोजेमा ९००५ मा फोन गरी वा [email protected] झबष्गिक२लअभिि।अयm।लउ मा ईमेल गरी जानकारी गराउन अनुरोध गरेको छ ।

शर्माका अनुसार एनसेलले आफ्ना ग्राहकसँग आधिकारीक नम्बरबाट मात्र सम्पर्क गर्दछ । एनसेल भनेर कम्पनीको नामैबाट आउने एसएमएस, जसमा कुनै नम्बर देखिंदैन भने ९८०५५५, जसको पछाडीको ४ वटा नम्बर फरक गरी आउने कल मात्रै एनसेलका आधिकारिक एसएमएस र कल हुन् । अन्य नम्बरबाट आउने एसएमएस वा कल कम्पनीको आधिकारिक नभएको उनको भनाइ छ ।

यसका साथै कम्पनीले उपहार वा बोनस वा अन्य लाभ पाउन ग्राहकलाई कहिले पनि बैंक वा अन्य कतै पनि पैसा जम्मा गर्न नलगाउने शर्माले बताए । यदि कसैले यस्ता खालका गलत मेसेज पठाउने वा फोन गरेमा तत्काल एनसेलमा जानकारी गराउन तथा प्रहरीलाई सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL