Logo

गुगलले सर्च रिजल्टमा ल्यायो परिवर्तन, प्रयोगकर्तालाई थप सहज हुने विश्वास

गुगलले सर्च रिजल्टमा ल्यायो परिवर्तन, प्रयोगकर्तालाई थप सहज हुने विश्वास


बिजखबर संवाददाता
0
Shares

गुगलले सर्च रिजल्टको दायाँ पटिको विज्ञापनहरु हटाएको छ । आफ्नो सर्च इन्जिनमा प्रयोगकर्तालाई सहज हुने गरी यस्तो नयाँ परिवर्तन ल्याएको हो ।

अव त्यस्ता विज्ञापन पेजको माथिल्लो भाग र तल्लो भागमा मात्र राख्ने तयारी गरेको बताइएको छ ।

सुरुमा केही प्रयोगकर्ताहरुले यो परिवर्तन आफ्नो कम्प्यूटरमा देखेपनि गुगलका अनुसार यो अझै परीक्षणमै रहेको बताएको छ । साथै यसलाई चाँडै नै सबै भाषामा लागू हुने गरी विश्वव्यापीरुपमा लागू गर्ने गुगलको योजना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL