Logo

टेलिकममा नयाँ एमडी नियुक्तिको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट निवेदन खारेज

टेलिकममा नयाँ एमडी नियुक्तिको बाटो खुल्यो, सर्वोच्चद्वारा रिट निवेदन खारेज



काठमाडौं । नेपाल टेलिकममा नयाँ प्रवन्ध निर्देशक(एमडी) नियुक्तिका लागि बाटो खुलेको छ । सर्वाेच्च अदालतले बुधबार यसविरुद्ध परेको रिट निवेदन खारेज गरेसँगै यसको बाटो खुलेको हो । यसविरुद्ध रिट निवेदन परेकै कारण करिव साढे ३ महिनादेखि यो प्रक्रिया रोकिएको थियो । बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले यसविरुद्धको रिट निवेदन खारेज गरिदिएसँगै अब प्रक्रिया अघि बढ्ने भएको हो ।

तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अघिकारीको कार्यकाल सकिनै लाग्दा नयाँ नियुक्तिको प्रक्रिया अघि बढेको थियो । प्रबन्ध निर्देशक नियुक्ति निर्देशिका संशोधन गर्दै सीमित व्यक्तिलाई नियुक्त गर्न लागेको भन्दै सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा सबै प्रक्रिया रद्द गर्नुपर्ने माग गरिएको थियो । उक्त रिटउपर सर्वोच्चका न्यायाधीश दीपकुमार कार्की र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै पूर्ण सुनवाईको निम्ति पेस गर्न आदेश दिएको थियो ।

त्यसैका आधारमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र पूर्ण चुँडालको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएसँगै अब प्रक्रिया अघि बढ्ने भएको हो ।

योसँगै पुरानै प्रक्रियाले निरन्तरता पाएको छ । यसअघि मन्त्रालयले मागेको आवेदनमा ९ जनाले आवेदन दिएका थिए । सोही अनुसार अव प्रक्रिया अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL