Logo

टेलिकमको रिचार्जमा समस्या, २ घण्टामै सुचारु हुने कम्पनीको दावी

टेलिकमको रिचार्जमा समस्या, २ घण्टामै सुचारु हुने कम्पनीको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको नमस्ते रिचार्ज कार्डमा पूनःसमस्या देखिएको छ । बुधवार विहानदेखि एनटिसीको नमस्ते रिचार्जमा समस्या आएको हो ।

रिचार्ज प्रणालीमा प्रयोग हुने उपकरणको स्थानान्तरण गरिएकोले रिचार्जमा समस्या आएको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । ‘पुरानो उपकरणको क्षमता कम भएकोले नयाँ उपकरण जडान गरिएको हो’ उनले भने ‘अवको २ घण्टा भित्र समस्या समाधान हुने छ ।’

तर एनटी रिचार्जकार्डमा भने समस्या नभएको उनले जानकारी दिए । साथै आफ्ना प्रयोगकर्ताहरुलाई एनटिबाट रिचार्ज गर्न सुझाव दिए ।

करीव १ महिना अघि पनि एनटिसीको रिचार्जमा समस्या आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL