Logo

इन्टेक्स ‘एक्वा एयर फ्याब्लेट’ नेपाली बजारमा, मुल्य रु ७७७७

इन्टेक्स ‘एक्वा एयर फ्याब्लेट’ नेपाली बजारमा, मुल्य रु ७७७७


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इन्टेक्स मोवाइलको ‘एक्वा एयर’ स्मार्टफोन नेपाली बजारमा भित्रीएको छ । इन्टेक्सको नेपालको लागि आधिकारीक विक्रेता सिजी इओएलले उक्त फोन नेपाली बजारमा भित्र्याएको हो । उक्त फोनको बजारमुल्य ७ हजार ७ सय ७७ रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । फोन खरिदमा ८ जिबीको मेमोरी कार्ड निशुल्क उपलब्ध गराएको छ ।

५ इन्चको यस फ्याब्लेट फोनमा टीएन प्रविधिको डिस्प्ले रहेको छ । एक्वा एयरमा मा १ दशमलव २ गिगाहर्जको डुवल कोर मेडियाटेक एमटी ६५७२ डब्लु प्रोसेसर, ५१२ एमबी ¥याम र ८ जीबी इन्टरनल स्टोरेज रहेको छ । २ हजार ३ सय एमएएच ब्याट्रि रहेको यस फोनले साढे ८ घण्टाको टक टायम र ३ सय घण्टासम्मको स्टाण्डबाई टायम प्रदान गर्ने कम्पनीको दाबी छ ।

फोनमा २ मेगापिक्सल सहित फ्ल्यास क्यामरा रहेको छ भने अगाडी भीजीए क्यामरा रहेको छ । दुईवटा सिम लाग्ने उक्त सेटमा थ्रीजी समेत चलाउन सकिने छ । वाईफाई, वाईफाई हटस्पोट, ब्लुटुथ भर्सन ४.०, माइक्रो युएसबी.,जीपीएस, एफएम रेडियो, ३ दशमलव ५ एम एम अडियो ज्याक युक्त यस फोनमा जि सेन्सर, लाइट सेन्सर, प्रोक्सीमिटर आदि प्रबिधी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL