Logo

हुवावे जीआर–५ नेपाली बजारमा, मुल्य रु. ३४ हजार

हुवावे जीआर–५ नेपाली बजारमा, मुल्य रु. ३४ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हुवावेले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्र्याएको छ । कम्पनीले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै जीआर–५ मोडलको नयाँ स्मार्टफोन ल्याएको हो ।

कम्पनीले ल्याएको जीआर–५ स्मार्टफोन नेपाली उपभाक्ताहरुलाई ध्यानमा राखेर ल्याईएको कम्पनीले जानकारी दिएको छ । यो स्मार्टफोनमा ५ दशमलव ५ इन्चको एचडी एलसीडी आईपीएस डिस्प्ले राखिएको छ ।

हुवावे जीआर–५ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो फोनमा क्वालकमको स्न्याप ड्र्रयागन ६१६ एमएसएम ८९३९ चीपसेट छ भने जसमा १ दशमलव ५ गीगाहर्जको एआरएम कोर्टेक्स ए५३ अक्टा कोर प्रोसेसर राखिएको छ । यसको अक्टा कोर प्रोसेसरले विभिन्न एप्स प्रयोग गर्दा तथा अन्य कार्यहरु गर्दा द्रूतरुपमा गर्न सजिलो पार्दछ ।

हुवावेको जीआर–५ फोनमा २ जीबीको ¥याम तथा १६ जीबीको इन्टरनल स्टोरेज रहेको छ, यसको स्टोरेज माइक्रो एसडीको सहयोगबाट बढाउन सकिन्छ । यसमा भएको ठूलो क्षमतको ¥याम र स्टोरेजले आफ्ना फोटोहरु, डकुमेन्ट, भिडियोहरु आरामसँग सेभ गर्न सकिन्छ ।

एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा संचालन हुने यो स्मार्टफोनमा ३ हजार एमएएचको ब्याट्रि राखिएको छ । फोर जी सपोर्ट गर्ने फोनमा वाईफाई, ब्लूटूथ ४.१ भर्सन, यूएसबी २.० भर्सन लगायतका कनेक्टिभीटी सपोर्ट गर्दछ भने जीपीएस, ग्लोनासलगायतका सुविधाहरु उपलब्ध छन् ।

नेपाली बजारमा उच्च मध्यम अर्थात हाई मिड रेन्जमा रहेको यो स्मार्टफोनको मूल्य ३४ हजार रुपैयाँ तोकेको छ । हाल कम्पनीले हुवावे जीआर ५ स्मार्टफोन गोल्ड कलर भर्सनमा उपलब्ध गराएको छ । उक्त फोन खरिद गर्दा कभर तथा स्टीकर निशुल्क प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL