Logo

साईबर ब्युरोको चेतावनी : सामाजिक संजालमा झुठा क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही

साईबर ब्युरोको चेतावनी : सामाजिक संजालमा झुठा क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही



काठमाडौं । साइबर ब्‍यूरोले सामाजिक युट्युव, टिकटकलगायत सामाजिक संजालमार्फत भ्रामक र झुठा क्याप्सन राखी अफवाह फैलाउनेलाई कारबाही गर्ने भएको छ । शुक्रबार नेपाल प्रहरीको साईबर ब्युरोले प्रविधिको दुरुपयोग गरी गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई नै प्रभावित पार्ने कार्य भइरहेको भन्‍दै उक्त कार्य गरे कारबाही गर्ने चेतावनी दिएको हो ।

पछिल्लो समय विभिन्‍न व्‍यक्ति तथा समूहले प्रविधिको दुरुपयोग गरी युट्युब, टिकटकलगायतका सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई प्रभावित पार्ने कार्य गरिरहेको साईबर ब्युरोको भनाई छ । यस्तो कार्य गर्दा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा कारबाही गर्ने चेतावनी साईबर ब्युरोको छ ।

‘सामाजिक सञ्जालहरुमा गम्भीर प्रकृतिको अपराधको कार्यलाई समेत प्रभावित पार्ने उद्देश्यबाट भ्रामक एवं झुट्टा क्‍याप्सन राखी भिडियो तथा तस्वीरहरु अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउने, पीडितको गोपनीयताको हक हनन् गर्दै निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका प्रवृति देखिएकाले त्यस्ता क्रियाकलापहरु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसूरमा प्रचलित कानुन बमोजिम कारबाही हुने ब्‍यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

May be an image of text that says "गृह मन्त्रालय प्रहरी नकार्यलय साईबारब्यूरी भोटाहिटी, काठमाण्डी २०७८-११-२० कार्यालय, साइबर ब्यूरो, भोटाहिटी काठमाण्डौको अनुरोध विगत केही समयदेखी बिभिन्न व्यक्ति तथा समुहले प्रविधिको दुरुपयोग गरी YouTube, TikTok लगायतका सामाजिक संजालहरुमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित उद्धेशयबाट झुट्धा क्याप्सन राखी भिडियो तथा तस्वीरहर अपलोड गरी समाजमा उत्तेजना एवं अफवाह फैलाउने, सामाजिक सद्धावमा खलल पुऱ्याउने, पिडितको गोपनीयताको हक हनन् निजको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुऱ्याउने किसिमका प्रवृत्ति देखिएको त्यस्ता विद्युतीय कारोवार २०६३ दफा 4७ अन्तर्गतको कसुरमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गर्दैं यस्ता प्रकारका गतिविधी सम्पूर्णमा साइबर व्यूरो गर्दछ सूचना अधिकारी (नबिन्द अर्याल) प्रहरी वरिष्ठ उपरीक्षक"

प्रतिक्रिया दिनुहोस्
MBL