काठमाडौं । सूचना तथा सञ्चार मन्त्री शेरधन राइले नेपाल टेलिकमलाई २ महिनाभित्र सेवाग्राहीको गुनासो नआउने गरी गुणस्तरमा सुधार गर्न निर्देशन दिएका छन् । एनटिसीको सेवामा लगातार गुनासो आइरहेको भन्दै राईले यस्तो निर्देशन दिएका हुन् । ‘२ महिनाभित्र सेवाको गुणस्तर नसुधारे स्पष्टिकरण दिनुपर्छ’ उनले भने । सेवा सुधार नगरेको अवस्थामा तेस्रो प्राविधिक पक्षसहितको टोलिको गठन गरी स्पष्टिकरण लिइने उनले जानकारी दिए ।
शुक्रवार नेपाल टेलिकमको १२ औं बार्षिकोत्सवको अवसरमा मन्त्रि राईले २०२० सम्ममा इन्टरनेट सेवा सम्पूर्ण जनतामाझ पुर्याउले उद्देश्यका साथ पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिए । त्यस्तै २ बर्षभित्र सवैजिल्लामा इ गर्भनेन्स निःशुल्क उपलब्ध गराउने तयारी भएको बताए । यसका लागि दरसञ्चार विकाश कोषको रकम खर्च गर्न नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।
मन्त्रीले सेवा प्रदायकको सेवा, गुणस्तर तथा अन्य सुविधा बारे गुनासो र सुझावका लागि मन्त्रालयमा इ मेल गर्न सुझाएका छन् । मिनिस्टर फर एमओआइसि एट जिमेल डट कममा इमेल गर्न आग्रह गरेका छन् ।
सो अवसरमा मन्त्रालका सचिव तथा सञ्चालक समितिका अध्यक्ष दिने थपलियाले अवको १ महिनाभित्र व्यवस्थापन सुधारको मार्ग चित्र सहित कार्यन्वयवनको योजना सरकारलाई बुझाउने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा उनले अवको २ महिनामा टेलिकमको सम्पत्तिको मूल्यांकन तथा व्यवस्थपन गर्ने बताए ।
कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झाले भुकम्पका बेलामा टेलिकमले गरेको कार्यको प्रशंशा गरे । त्यस्तै सो अवसरमा उनले पुरानो प्रविधिलाई म्युजियममा राखेर नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।
उनले फ्रिक्वेन्सिको व्यवस्थापनमा एनटिसी चुकेको भन्दै त्यसको उचित प्रयोग आवश्यक भएको बताए । ‘२९ मेगाहर्जमा एनसेलले ५५ अर्व राजस्व गर्छ उनले भने ७२ दशमलव ६ मेगाहर्जमा एनटिसीले कसरी ३५ अर्व मात्र राजस्व असुली गर्छ ।’ एनटिसीलाई नचाहिने फ्रिक्वेन्सि फिर्ता गर्नु वा त्यसको सदुपयोग गर्न सुझाए ।
बार्षिकोत्सव कार्यक्रममा टेलिकमका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले भुकम्पका बेलामा नियमित सेवा दिएर टेलिकम समाजप्रति जिम्मेवार रहेको उदाहरण दिएको बताए । सो अवसरमा उनले टेलिकमले गरेका तथा गर्न लागेका योजनाका बारेमा जाकारी दिएका थिए ।
नेपालको पर्यटन विकास तथा कम्पनीको व्यापार प्रवद्र्धन गर्न हवाई मार्गबाट नेपाल भित्रने पर्यटकलाई अन्तरराष्ट्रिय विमानस्थल प्रांगडबाट ५० रुपैयाँ टक भ्यालुसहितको सिम निःशुल्क उपलब्ध गराउने बताए । कम्पनीले फागुन ७ गतेदेखि यो योजना लागु गर्न लागेको उनले जानकारी दिए ।
त्यस्तै जिएसएम सेवाका रोमिङ नलिएका ग्राहकहरुले विदेशमा रहदा इन्टरनेट कभरेज भित्र रहेको अवस्थमा नेपालमा सहजै फोन गर्न आइपी प्रविधिमा आधारित एनटी प्रो सेवा सञ्चालन गरिने जानकारी दिए ।