Logo

टेलिकमको प्रभातफेरी सम्पन्न, रिचार्ज तथा सिमकार्ड विक्रेतालाई सम्मान

टेलिकमको प्रभातफेरी सम्पन्न, रिचार्ज तथा सिमकार्ड विक्रेतालाई सम्मान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा कम्पनीका रिचार्ज कार्ड र सिम तथा रिम, कार्ड तथा एमपीओएसलगायत विभिन्न सेवाका थोक बिक्रेताहरुलाई सम्मान गरेको छ ।

आज काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गत रहेका सबै थोक बिक्रेताहरुलाई सम्मान गरिएको हो ।

बाह्रौं वार्षिकोत्सवकै अवसरमा आजै   प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका सेवाहरुको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गर्ने उद्देश्यका साथ प्रभातफेरी आयोजना गरेको हो ।

टेलिकमको प्रभातफेरी बसन्तपुरबाट शुरु भई न्यूरोड, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै कम्पनीको केन्द्रीय कार्यालय प्रांगणमा पुगेर समापन भएको थियो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले सम्पूर्ण टेलिकमकर्मीहरुमा भएको उत्साहलाई ग्राहक सेवामा समेत प्रयोग गर्न सकियोस् भन्ने कामना गरे ।

प्रभातफेरी कार्यक्रममा कम्पनीका नायव प्रबन्ध निर्देशकहरु, प्रबन्धकहरु, वरिष्ठ अधिकृतहरुलगायत काठमाडौ उपत्यकास्थित कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL