Logo

सार्वजनिक भएको २ सेकेन्डमा ली इको ७० हजार स्मार्टफोन विक्री, अर्को विक्री ९ तारिकमा खुलाइने

सार्वजनिक भएको २ सेकेन्डमा ली इको ७० हजार स्मार्टफोन विक्री, अर्को विक्री ९ तारिकमा खुलाइने


बिजखबर संवाददाता
0
Shares

चीनीयाँ इलेक्ट्रोनिक कम्पनी लीईकोले ई -कमर्स पोर्टन फ्लिपकार्ट मार्फत विक्री खुल्ला गरेको २ सेकेन्डमा ७० हजार थान फोरजी इलई वान एस स्मार्टफोन विक्री भएको छ । सो स्मार्टफोनको विक्री शुरु गरेको २ सेकेन्डभित्र स्टक सकिएको बताइएको छ ।

ली इको सिस्टम टेक्नोलोजी इण्डियाका सिइओ अतुल जैनले सो स्मार्टफोनबाट राम्रो प्रतिक्रिया मिलेको बताए ।

६ लाखले सो फोन खरदिका लागि दर्ता गराएका थिए । फ्लिपकार्टमा कुनै पनि व्राण्डमध्ये यसको विक्री हालसम्मकै बढी भएको बताइएको छ । सो फोनको विक्री ९ फेव्रअरीमा पून खुलाइने बताइएको छ ।
फ्लिपकार्टमा सो फोनको मूल्य भारु १० हजार ९ सय ९९ तोकिएको छ ।

सो फोन बनाउन १६ हजार रुपैयाँ लागेको बताइएको छ । कम्पनिले सव्सिडाइज्ड मूल्यमा विक्री गरेको हो । सो फोनमा ५ दशमलव ५ इन्चको हाई डेफिनेशन एचडी छ । ली ईकोकोमा ३२ जीवीको इन्टरनल मेमोरी, १३ मेगापिक्सलको क्यामरा, तथा ६४ बिट कोर अक्टा प्रोसेसर र ३ जीवीको र्याम छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL