Logo

एनसेलको रिजर्भमा थुप्रियो साढे ५७ अर्ब, लगानीको स्रोत नखुलेको भन्दै लाभांश वितरणमा रोक

एनसेलको रिजर्भमा थुप्रियो साढे ५७ अर्ब, लगानीको स्रोत नखुलेको भन्दै लाभांश वितरणमा रोक


रामराजा श्रेष्ठ
27
Shares

नियामक निकायले लाभांस वितरणमा रोक लगाउँदा एनसेलको रिजर्भ फण्डमा ५७ अर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ । एनसेलले स्थापना कालदेखि नै राम्रो नाफा आर्जन गरेपनि लगानीको स्रोत नखुलेको भन्दै नियामक निकायले लाभांस वितरणमा रोक लगाएको छ ।

हाल कर रकम कट्टा गरी एनसेलको रिजर्भमा साढे ५७ अर्ब रुपैयाँ वितरण योग्य पैसा थन्किएर बसेको आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणि शर्माले जानकारी दिए । ‘एनसेलले विभिन्न कर वापत नेपाललाई हालसम्म १ खर्ब १८ अर्व रुपैयाँ तिरसकेको छ,’ एनसेलको विक्रीलाई लिएर लेखा समितिमा भएको छलफलमा उनले भने, ‘सेवाशुल्कलगायत विभिन्न कर तिरेर पनि ५७ अर्ब रुपैयाँभन्दा बढी रकम एनसेलको रिजर्भमा छ ।’ नेपाललाई सवैभन्दा बढी कर तिर्ने कम्पनीलाई विभिन्न लाञ्छाना लगाएर अवरोध गर्न नुहुने उनको तर्क थियो ।

लगानीको स्रोत नखुलेको भन्दै उद्योग विभाग र नेपाल राष्ट्र बैंकले लाभांस वितरणमा रोक लगाएको थियो । एनसेलले राम्रो नाफा आर्जन गरेपनि २०६८ सालदेखि लगानीकर्तालाई लाभांस वितरण गर्न सकेको छैन । तर, सोही अवधिमा एनसलेले ऋण वापत लिएको ७४ अर्ब रुपैयाँ भने तिरिसकेको छ ।

छलफल कार्यक्रममा सञ्चार सचिव दिनेशकुमार थपलियाले भने एनसेल खरिद विक्रीको जानकारी भर्खरै मात्र आईपुगेको बताए । ‘खरिदविक्री भएको २ महिना वितिसक्दा पनि सो वारेमा हामीलाई जानकारी आएको थिएन,’ उनले भने, ‘मन्त्रालयमा आजमात्र मन्त्रालयलाई वोधार्थ जानकारी आइपुगेको छ ।’

एनसेल खरिदविक्री प्रकरणलाई लिएर अर्थ समितिले बैठक बोलाएपनि कोरम नपुगेको भन्दै सो सम्बन्धमा कुनै निर्णय गरेन । ७० जनाभन्दा बढी सदस्य रहेको उक्त समितिमा ७ जना सभासद्मात्र उपस्थिती भएका थिए ।
दुरसञ्चार ऐन २०५३ अनुसार कुनै अनुमतिपत्र को बिक्री अथवा हस्तान्तरण गर्दा प्राधिकरणलाई जानकारी गराउनु पर्ने व्यवस्था भएपनि टेलियासोनेराले एनसेलको स्वामित्व मलेसियन कम्पनी एक्जियटालाई विक्री गर्दा प्राधिकरणसँग कुनै अनुमति लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL