Logo

स्वेच्छिक अवकाशमा जानेलाई टेलिकमले औपचारीक ढोका खोल्यो, १५ दिनको समयसीमा

स्वेच्छिक अवकाशमा जानेलाई टेलिकमले औपचारीक ढोका खोल्यो, १५ दिनको समयसीमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीका लागि औपचारीक सुरुवात गरेको छ । कम्पनीले एक सुचना प्रकाशित गर्दै कर्मचारी विनियमावलीको विनियम १०६ क मा रहेको व्यवस्था बमोजिम पहिलो चरण अन्तर्गत आवेदनको लागि कर्मचारीहरुलाई सुचित गरेको छ ।

बुधबारदेखि गणना हुने गरी कम्पनीले अबको १५ दिनभित्र ईच्छुक कर्मचारीलाई सम्बन्धित कार्यालयमा निवेदन दर्ता गर्न जानकारी गराएको हो । पहिलो चरणअन्तर्गत समयभित्रै प्राप्त निवेदन बाहेक अन्य निवेदनमाथि कारवाही नहुने टेलिकमले स्पष्ट पारेको छ ।

कर्मचारी कटौती योजना अन्तर्गत टेलिकमले यस अघि नै स्वेच्छिक अवकाशको योजना घोषणा गर्नै बताएको थियो । टेलिकममा अत्यधिक कर्मचारी भारका कारण अधिकतम आम्दानी दैनिक सञ्चालन खर्चमै जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL