Logo

क्यान इन्फोटेकको माघ १४ देखि, अधिकांश स्टल बुकिङ

क्यान इन्फोटेकको माघ १४ देखि, अधिकांश स्टल बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । क्यान इन्फोटेक २०७२ आगामी माघ १४ देखि शुरु हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको इन्फोटेकको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गर्न लागेको हो । इन्फोटेक माघ १९ गतेसम्म चल्ने छ ।

विश्वमा सूचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यका साथ इन्फोटेक आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । क्यान ईन्फोटेकको यस २२ औं संस्करणको अफिसियल नाम “सुविसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” रहेको छ ।

इन्फोटेकको प्लाटिनम स्पोन्सर–भायनेट, डायमण्ड स्पोन्सर –नेपाल टेलिकम, गोल्ड स्पोन्सर – कर्लस, सिल्भर स्पोन्सरहरु– स्टार अफिस ईन्टरनेशनल, नेटिस र एस.पावर रहेका छन् ।

क्यान इन्फोटेकमा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा र हल बाहिर ३ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेने बताइएको छ । त्यस्तै ट्रसमा १सय ४, ओपन स्पेसहरु १४ र फुुड स्टलहरु ५ गरी जम्मा १सय ७५ स्टलहरु रहनेछन् । यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायकलगायतले आफ्नो उत्पादन तथा सेवाका स्टल राख्ने छन् ।

क्यान इन्फोटेकका लागि हाल सम्म मुख्य प्रदर्शनहल भित्रका सवै स्टल बुकिङ भइसकेको बताइएको छ । साथै ट्रसमा ९० प्रतिशत स्टलहरु बुकिङ भई सकेका छन् । यस पटक ४ लाख भन्दा बढी अवलोकनकर्ताहरु आउने अपेक्षा आयोजकको छ । गत वर्षको क्यान ईन्फोटेकमा ३ लाख ३१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका थिए । क्यान ईन्फोटेक अवलोकनका लागि सर्व साधारणहरुलाई प्रवेश शुल्क रु १ सय र विद्यार्थीहरुलाई रु ५० तोकिएको छ । विजनेश डेमा प्रवेश शुल्क सम्पूर्ण अवलोकन कर्ताहरुको लागि रु १ सय तोकिएको छ ।

क्यानले माघ १७ गते आईतबारको दिनलाई विजनेश डे को रुपमा घोषणा गरिएको छ । उक्त दिन विशेष गरी विजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्ष रुपमा विजनेश डिल गर्न सकिने क्यान महासंघले जानकारी दिएको छ ।

यस पटकको प्रदर्शनीमा विशेष गरी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट विशेष छुट सहितको प्याकेज तथा हाई स्पीड इन्टरनेट उपलब्ध गराईनेछ । त्यसैगरी टेलिफोन तथा मोबाईल फोन कम्पनीहरुले पनि आकर्षक अफर लिएर आउने बताइएको छ । बजारमा उपलब्ध कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा पनि विशेष सहुलियतका साथ यस प्रदर्शनीमा उपलब्ध हुनेछ ।

साथै था नयाँ नयाँ प्रविधिमा आधारित मोबाईल फोन, ट्याबलेट तथा अन्य उपकरणहरु यस प्रदर्शनीमा उपलब्ध हुने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै हाल उपलब्ध सफ्टवेयरहरुमा नयाँ भर्जन सहितको अपडेट मोडल उपलब्ध हुनका सथ साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै प्रदर्शनी मार्फत हुने भएको छ ।

सुविसु क्यान आई.सी.टी कन्फेरेन्स २०१६

क्यानले माघ १८ र १९ गते क्यान आईसीटी कन्फेरेन्स पनि आयोजना गर्ने भएको छ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्न लागेको बताइएको छ । सम्मेलन होटल याक एण्ड यति, दरबार मार्ग, काठमाण्डौंमा हुन गई रहेको छ ।

आइसीटी कन्फरेन्स साइवर सेक्युरिटी च्यालेन्ज एण्ड सोलुसन्स फर डेभलपिङ इकोनोमि विषयमा आयोजना हुन लागेको सो सम्मेलन क्यान महासंघ र ईन्टरनेट सोसाइटी नेपालले संयक्त रुपमा आयोजना गर्न लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL