Logo

एनसेलले ल्यायो भ्वाइस प्याक योजना, प्रति मिनेट ८६ पैसामा कुरा गर्न सकिने

एनसेलले ल्यायो भ्वाइस प्याक योजना, प्रति मिनेट ८६ पैसामा कुरा गर्न सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । अब एनसेलका प्रिपेड ग्राहकहरुले ८६ पैसा प्रति मिनेटमा कुरा गर्न सक्ने भएका छन् । एनसेलले ‘एनसेल भ्वाइस प्याक’ योजना ल्याएसँगै प्रिपेडका ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित मात्र सो रकममा कुरा गर्न सक्ने भएका हु्न ।

यो योजना अन्र्तगत ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक वा साप्ताहिक भ्वाईस प्याक लिन सक्ने बताइएको छ । दैनिक प्याकमा ११ मिनेट टक टाईम रहेको र यसको मूल्य कर सहित रु ११ रहेको एनसेलले छ । दैनिक प्याक लिई ग्राहकले कर सहित रु १ प्रति मिनेटको दरमा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्ने बताइएको छ ।
त्यस्तै साप्ताहिक भ्वाइस प्याकमा ७० मिनेट टक टाइम र मूल्य कर सहित रु ६० रहेको बताइएको छ । जसमा साप्ताहिक प्याक लिँदा ग्राहकले कर सहित ८६ पैसा प्रति मिनेटमा एनसेलको अर्को कुनै पनि नम्बरमा कल गर्न सक्छन् । यो योजना मंगलवारबाट शुरु भई ३ महिना सम्म लागु हुनेछ ।

दैनिक प्याकको मान्य अवधि २४ घण्टा सम्म रहेको छ भने साप्ताहिक प्याकको अवधि ७ दिनसम्म रहने छ । प्याकको टक टाइम वा समयावधि सकिए पछि भने विद्यमान शुल्क लाग्ने एनसेलले जानकारी दिएको छ । हालको शुल्क अनुसार एनसेलको एउटा नम्बरबाट अर्कोमा कुरा गर्दा प्रति मिनेट कर सहित रु २ दशमलव ५० पर्दछ ।

सुलभ दरमा गुणस्तरिय सेवा उपलब्ध गराउने प्रतिबद्धता बमोजिम आफ्ना ग्राहकका लागि यो भ्वाइस प्याक ल्याएको एनसेलका कर्पोरेट संवाद मिलनमणी शर्माले जानकारी दिए । साथै नेटवर्क आधुनिकिकरण पछि आएको यो भ्वाइस प्याकले ग्राकहलाई थप भ्याल्यु प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए ।

उनका अनुसार ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याक लिन सक्छन् । ग्राहकले १७११८ मा डायल गरी प्राप्त जानकारी अनुसार १ थिचेर दैनिक वा २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यसैगरी स्टार १७११८ह्यास डायलगरी १ थिचेर दैनिक र २ थिचेर साप्ताहिक भ्वाइस प्याक खरिद गर्न सकिन्छ ।

एसएमएस मार्फत लिदा दैनिक प्याकका लागि ११ र साप्ताहिक प्याकका लागि ६० टाइप गरी १७११८ मा पठाउन पर्ने हुन्छ । यस बाहेक ग्राहकले एनसेल मोवाइल एपबाट यी प्याकहरु सहजै लिन सक्छन् । ग्राहकले स्टार९०१ ह्यास डायल गरी आफ्नो बाँकी भ्वाइस प्याक मिनेटको बारेमा जानकारी लिन सक्नेछन् ।

एनसेलको १ करोड ३० लाख भन्दा बढि ग्राहक छन् र ती मध्य ठुलो संख्यामा प्रिपेड सेवाका ग्राहक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL