Logo

माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, यसकारण पछि पर्यो एप्पल

माइक्रोसफ्ट बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी, यसकारण पछि पर्यो एप्पल



काठमाडौँ । माइक्रोसफ्ट फेरि एकपटक विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । शुक्रबार माइक्रोसफ्टको बजार मूल्य २.४६ ट्रिलियन डलर पुगेको हो ।

पछिल्लो अपडेट अनुसार एप्पलको बजार मूल्य २.४३ ट्रिलियन डलर रहेको छ । एप्पलको बर्षको तेस्रो त्रैमासिकको रिपोर्ट आशा गरेअनुसार नआउँदा माइक्रोसफ्टले उछिनेको हो ।

त्यस्तै पछिल्लो कारोबारमा एप्पलको श्येर मुल्यमा पनि गिरावट आएको छ । एप्पलको शेयर मुल्यमा २.२७ प्रतिशतले घटेको छ । त्यस्तै माइक्रोसफ्टको सेयर मुल्य भने १.३४ प्रतिशतले बढेको छ ।

कोरोना महामारी र विश्वका कैयौ देशको वितरण प्रणाली प्रभावित हुदा एप्पलको आम्दानी प्रभावित भएको देखिएको छ । एप्पलका प्रमुख टिम कुकले वितरण प्रणाली प्रभावित हुदा ६ अर्ब डलरको रेभेन्यूमा कमी आउने अनुमान गरिएको बताएका छन् । उनले आउँदो डिसेम्बरमा वितरण प्रणाली अझ खराब हुने आशंका व्यक्त गरेका छन् ।

एप्पल एक ट्रिलियन र २ ट्रिलियन डलरको कम्पननी बन्ने विश्वको पहिलो कम्पनी हो । २०२० को जुलाईमा एप्पलले साउदी अरबको आयल कम्पनी अरामकोलाई पछाडि पार्दै विश्वको मुल्यवान कम्पनि बनेको थियो ।

माइक्रोसफ्टले पछिल्लो पटक २०२० मा एप्पललाई पछाडि पारेको थियो । त्यति बेला पनि कोरोनाका कारण वितरण प्रणाली अवरुद्ध हुँदा एप्पलले नोक्सानी बेहोरेको थियो ।

यस बर्ष माइक्रोसफ्टको सेयर म्ूल्यमा ४५ प्रतिशतसम्म बढेको छ भने एप्पलको शेयरमा १५ प्रतिशतको वृद्धि देखिएको छ । कोरोना महामारीका कारण माइक्रोसफ्टको क्लाउड सर्भिसको माग अत्यधिक बढेको कारण सयर मूल्यमा पनि वृद्धि देखिएको छ । गएको जुनमा पहिलो पटक माइक्रोसफ्टको मूल्य २ ट्रिलियन डलर पुगेको थियो ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL