Logo

फ्रेसवर्क्स : सन् २०१० मा छ जनाले शुरु गरेको कम्पनी, अहिले ५०० बढी कर्मचारी भए करोडपति

फ्रेसवर्क्स : सन् २०१० मा छ जनाले शुरु गरेको कम्पनी, अहिले ५०० बढी कर्मचारी भए करोडपति



काठमाडौं । बिजनेस सफ्टवेयर निर्माता फ्रेसवर्क्सको मूल्य नास्दक स्टक एक्सचेन्जमा १३ अर्ब डलर नाघ्यो । यससँगै एकै समयमा कम्पनीको लगभग १२ प्रतिशत कर्मचारीहरु करोडपति बनेका छन् र ती मध्ये ७० जनाभन्दा बढी त ३० बर्षभन्दा कम उमेरका छन् । यससंगै, फ्रेसवक्र्स पहिलो भारतीय एसएएएस (सफ्टवेयर एज अ सर्भिस) का रुपमा नास्दकमा सूचीबद्ध हुने पहिलो कम्पनी बनेको छ ।

फ्रेशवक्र्सका संस्थापक र सीईओ गिरीश माथरुबुथम भन्छन, ‘म विश्वास गर्दछु कि कम्पनीलाई अगाडि बढाउन मद्दत गर्ने कर्मचारीहरुलाई पनि फाइदाको हिस्सा मिल्नु पर्छ । यो अधिकार संस्थापकहरुलाई मात्र धनी बन्ने होइन । भारतमा हाम्रा ५०० भन्दा बढी कर्मचारी करोडपति बनेका छन् । यो पक्कै पनि खुशीको कुरा हो यसका लागि उनीहरु योग्य छन् । उनीहरु सबैले कम्पनीको बृद्धिमा योगदान दिएका छन् र यो उनीहरुका लागि पनि हो ।’

कम्पनीको मूल्यांकन बढ्यो

सेप्टेम्बर २२ मा एक बिन्दुमा, कम्पनीको शेयर लगभग ४६.२४ प्रति शेयरमा कारोबार भएको थियो । यससँगै कम्पनीको मूल्य १३ अर्ब डलरभन्दा बढी पुग्यो । यसअघि कम्पनीले ३६ डलरको आईपीओ मूल्यको तुलनामा ४३.५० डलरबाट शुरू गरेको थियो । जसबाट कम्पनीको मूल्य १२ अर्ब डलर पुग्यो । सीईओ गिरीश माथरुबुथम भन्छन–‘यो आईपीओले मलाई दस बर्ष फ्रेशवर्क्स मा विश्वास गर्ने सबै कर्मचारीहरु प्रति मेरो जिम्मेवारी पूरा गर्ने अवसर दिएको छ । यसले धेरै कर्मचारीहरुको जीवनमा परिवर्तन ल्याउने छ ।’

कम्पनी सन २०१० मा शुरू भयो

चाखलाग्दो कुरा के छ भने, कम्पनी २०१० मा चेन्नईबाट शुरु भएको थियो । त्यससमय कमपनीमा मात्र ६ जना कर्मचारी रहेका थिए भने सन २०१५ कर्मचारीको संख्या ५ सय पुगेको थियो । मातृबुथम भारतको लागि यो एउटा उत्साह भएको बताउँछन् । उनी भन्छन–‘हामी सबै भारतलाई अर्को उत्पादक राष्ट्रको रूपमा देख्ने सपना साझा गर्दछौं र अर्को सफलताका लागि उत्साहित छौं ।’

कम्पनीको मुख्य वित्तीय अधिकारी टायलर स्लटले कम्पनीले आईपीओको माध्यमबाट लगभग १ बिलियन डलर उठाउने लक्ष्य राखेका छौं । फ्रेसवक्र्सको लागि अमेरिका र यूरोप दुई सबैभन्दा ठूलो बजार हुन् । माथरुबुथम कम्पनी चेन्नई, बेंगलुरु र हैदराबादमा शीर्ष प्रतिभाको लागि पहुँच भएको र स्पष्ट रूपमा यो एक ठूलो लाभको रूपमा देखेको बताउँछन् । दि क्विन्टबाट

प्रतिक्रिया दिनुहोस्
MBL