Logo

प्रविधि पत्रकार मञ्चमा साउदको नेतृत्वमा नयाँ नेतृत्व, को–को भए कार्यसमितिमा चयन ?

प्रविधि पत्रकार मञ्चमा साउदको नेतृत्वमा नयाँ नेतृत्व, को–को भए कार्यसमितिमा चयन ?



काठमाडौं । प्रविधि क्षेत्रमा कलम चलाउादै आएका पत्रकारहरुको संस्था प्रविधि पत्रकार मञ्च (टीजेएफ)मा गोपाल साउदको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको टीजेएफको आठौं वार्षिक साधारण सभाले टेकपानाका साउदको नेतृत्वमा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा उज्यालो नेटवर्कका अर्जुन पोखरेल, सचिवमा अनलाइन खबरका रवीन्द्र घिमिरे, सहसचिवमा आईसीटी समाचारका सन्तोस न्यौपाने र कोषध्यक्षमा टेकपानाकी अर्पना आलेमगर चयन भएकी छन् ।

कार्यसमिति सदस्यमा क्लाउड पत्रिकाकी रक्षा रेग्मी, कर्पोरेट नेपालका राजु बास्कोटा, आइसीटी फ्रेमकी मीना अर्याल र टेकलेखका अभिषेक गुप्ता चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL