Logo

एनटीसी र कृषि व्यवस्थापन प्रणाली आयोजनाबीच सम्झौता, किसानलाई निःशुल्क सिम

एनटीसी र कृषि व्यवस्थापन प्रणाली आयोजनाबीच सम्झौता, किसानलाई निःशुल्क सिम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अव किसानहरुले रु.१ सयको टक भ्यालु सहितको नेपाल टेलिकमको निःशुल्क किसान सीम प्रप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाले किसानलाई यस्तो सिम उपलब्ध गराउन लागेको हो ।

बिहीवार एक कार्यक्रमवीच टेलिकम र आयोजना वीच ‘एग्रो वेदर क्लाइमेट’ सम्बन्धी विशेष सूचना प्रवाह गर्न सम्वन्धमा बिहीवार सम्झौता भएपछि किसनाले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौता पत्रमा नेपाल टेलिकमका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मी र कृषि व्यवस्थापन सूचना प्रणाली आयोजनाका निर्देशक शिव नन्दन शाहले हस्ताक्षर गरे ।

साथै स्तरीय सेवा प्रवाह गर्न ‘हाम्रो कृषि’ मोबाइल एप्लिकेसन, कृषि–पूर्व सूचना प्रणाली, टोल फ्रि नम्बर (१६६००१७७७७९), अडियो नोटिस, कृषि इन्फो एसएमएस जस्ता सेवाहरु उपलब्ध गराइने बताइएको छ ।

एन्ड्रोइड स्मार्ट फोन भएका किसानहरुले ‘हाम्रो कृषि’ नामक एपबाट मौसम सम्बन्धी जानकारी, कृषि र प्रविधी, कृषि कार्यालयका नम्बरहरु, वीमा अभिकर्ता समबन्धी जानकारीहरु र अन्य सफलताका कथाहरुबारे जानकारी लिन सक्नेछन् ।

सम्झौता अनुसार प्रथम चरणमा ८ जिल्ला र दोस्रो चरणमा ८ जिल्ला र तेस्रो चरणमा ९ वटा जिल्ला गरी कूल २५ जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिने बताइएको छ । यस कार्यक्रम अन्तर्गत नेपाल टेलिकमले प्रथम चरणमा १५ सय र दोस्रो चरणमा ४ हजार ओटा सिम कार्डहरु कृषि विकास मन्त्रालय, कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना मार्फत किसानहरुलाई निःशुल्क उपलब्ध गराउनेछ । वितरण भएका सिम तथा रिम काडमध्ये कृषि विकास मन्त्रालयले तोकिएका नम्बरहरुमा मासिक रुपमा १५ एमबी डाटा उपलब्ध गराउने छ ।

त्यसैगरी नोटिस बोर्ड सेवा तथा टोल फ्रि सेवा पनि किसानहरुलाई उपलब्ध हुनेछ । त्यस्तै, एसएमएस मार्पmत कृषकहरुले सूचना लिन ५ डिजिटको सर्ट कोड मन्त्रालयलाई कम्पनीको प्रचलित दररेटमा उपलब्ध गराउने र पुस एसएमएस कम्पनीको प्रचलित सार्वजनिक सरोकारका क्षेत्रको लागि तोकिएको विशेष सहुलियत दररेटमा कम्पनीले उपलब्ध गराउने छ ।

कार्यक्रममा टेलिकमका प्रमुख व्यवसाय अधिकृत राजेन्द्र नकर्मीले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि क्षेत्रको विकास तथा किसानहरुको हितका लागि नेपाल टेलिकमले सहयोग गरेको जानकारी दिए । साथै कृषि विकास मन्त्रालयका सहसचिव डा श्याम प्रसाद पौडेलले किसानहरुलाई एग्रो क्लाइमेट वेदर सम्वन्धि विशेष सूचना प्रवाह गरेको भन्दै धन्यवाद दिए ।
वाई

प्रतिक्रिया दिनुहोस्
MBL