Logo

टेलिकम्युनिकेशन क्षेत्रमा तेस्रो अपरेटर आवश्यक, लगानी गर्न एनटीएका अध्यक्ष झाको सुझाव

टेलिकम्युनिकेशन क्षेत्रमा तेस्रो अपरेटर आवश्यक, लगानी गर्न एनटीएका अध्यक्ष झाको सुझाव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले टेलिकम्युनिकेशन क्षेत्रमा  तेस्रो अपरेटरको आवश्यकता रहेको बताए । मंगलवार प्रविधि पत्रकार मञ्च टेक जोर्नस फोरमले आयोजना गरेको दुई दिने तालिमको अवसरमा उनले अहिले नेपाल टेलिकम र एनसेलले मात्र सेवा दिइरहेकोमा नयाँ अपरेटरको आवश्यक रहेको बताएका हुन् ।

सो अवसरमा झाले टेलिकम्युनिकेशन क्षेत्रमा राम्रो अवसर भएको लगानी गर्न सुझाव दिए । ‘जुन क्षेत्रमा एनसेलले २० अर्व नाफा गर्न सक्छ अर्को अपरेटरले गर्न किन सक्दैन’ उनले भने । त्यस्तै यस क्षेत्रमा एनटिसीले पनि राम्रो नाफा कमाइरहेको उनले बताए ।

नयाँ अपरेटर आएमा हाल सेवा दिइरहेका कम्पनीसँग प्रतिशपर्धा हुने हुँदा उपभोक्तालाई पनि फाइदा हुने उनले बताए । ‘प्रतिशपर्धा बढ्दा सस्तो तथा गुणस्तरिय सेवा दिने होडबाजी नै चल्छ’ उनले भने ‘जसबाट सेवा प्रदायक र उपभोक्ता दुवैलाई फाइदा हुन्छ । ’

आफु प्राधिकरण छिरेको १ बर्ष भइसक्दा पनि ल्याउन नसकेको गुनासो गरे । ‘यसबीचमा स्मार्टले लाइसेन्स लियो तर सेवा दिन सकेन ’ । बजारमा दुइर् कमपनीको सेयर बढी हुँदा नेपालमा आउन चाहने नयाँ अपरेटरलाई अप्ठ्यारो पार्ने बताए ।

सो अवसरमा सुचना तथा सञ्चार मन्त्रालयका सह सचिव कविराज खनालले सूचना प्रविधिले सवैलाई आफ्नो धारणा व्यक्त गर्न सजिलो बनाएको । उनले भने ‘ अहिले सवैले व्लग बनाएर आफ्नो धारणा पाठकसम्म पुर्याउन सक्छ ।’

उनले धेरै मन्त्रालय बनाउँदा मुलुक अनियन्त्रित हुने भन्दै संघिय व्यवस्थमा गएपछि मन्त्रालयको संख्या घट्ने विश्वास गरे ।

तालीममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, प्रवक्ता मिनप्रसाद अर्याल, नेपाल टेलिकमका सह प्रवक्ता डिल्ली आचार्य, एनसेलका इन्टरप्राइज डाइरेक्टर प्रनयराज आचार्य, पिकोभिकोका कार्यकारी निर्देशक अमित अग्रवाललगायतले सुचना प्रविधि सम्वन्धि तालीम दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL