Logo

इन्टरनेट चलाउँदै हुनुहुन्छ ? लोडसेडिङ तालिका हेर्नुहोस

इन्टरनेट चलाउँदै हुनुहुन्छ ? लोडसेडिङ तालिका हेर्नुहोस


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बढ्दो लोडसेडिङले व्याट्री चार्ज हुन नपाउँदा सहज रुपमा इन्टरनेट सेवा प्रदान गर्न नसकिएको नेपाल इन्टरनेट सेवा प्रदायक संस्था(आइसपान)ले जानकारी दिएको छ । ‘लोडसेडिङले व्याट्री चार्ज हुन पाएको छैन भने जेनेरेटर चलाउनका लागि पेट्रोल तथा डिजेल छैन,’ आइसपानद्वारा विज्ञप्तीमा उल्लेख छ, ‘विद्युत विरण केन्द्रको समस्या तथा पेट्रोलियम अभावले गर्दा लोडसेडिङको समयमा इन्टरनेट सेवा दिन सकेका छैनौं ।’

आइसपानेले इन्टरनेट सेवालाई अत्यावश्यक सेवामा राखी तत्काल डिजेल तथा पेट्रोल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । उक्त व्यवस्था नहुनजेल सम्मका लागि धैर्यधारण गरिदिनसमेत आग्रह गरेको छ ।

internet

प्रतिक्रिया दिनुहोस्