Logo

एनसेल एप क्याम्पको उपाधी अन्नेम्डलाई, अन्तरराष्ट्रिय एप सम्मेलनमा सहभागी हुने

एनसेल एप क्याम्पको उपाधी अन्नेम्डलाई, अन्तरराष्ट्रिय एप सम्मेलनमा सहभागी हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलको एप क्याम्प २०१५ को सर्वोत्कृष्ट विजेता अन्नेम्ड (भिआर) घोषित भएको छ । खेल तथा मनोरंञ्जन विधा अन्र्तगत प्रतिस्पर्धामा रहेको उक्त समुहले विधागत विजेताको साथै सर्वोत्वकृष्ट विजेताको पुरस्कार हात पारेको हो ।

category winner-tourism

यसै गरी स्वास्थ्य विधाबाट स्किन कनसल्ट, पर्यटनबाट पिनपिक्स् र युटिलिटीबाट निडर विजेता भएका छन । अन्नेम्ड (भिआर) ले विधागत २ लाख ५० हजार रुपैयाँ र सर्वोत्कृष्ट  विजेताकोे रु ५ लाख गरी  ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । अन्य ३ विधा हरेक विजेता समुहले २ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
cateory winner-Utilities

सर्वोत्कृष्ट  विजेताको पुरस्कार एनसेलका सिइओ एरिम टाइलानलरले हस्तान्तरण गरेका थिए । खेल तथा मनोरंजन विधाका विजेतालाई काठमाण्डौं कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक विष्णु राज अधिकारीले पुरस्कार प्रदान गरेका थिए । स्वास्थ्य विधाको पुरस्कार मेटलाईफका वितरण विभागका प्रमुख निर्मल काजि श्रेष्ठले प्रदान गर्नु भएको थियो । नविल बैंकका कार्यकारी प्रमुख सशिन जोशिले पर्यटन विधाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसै गरी युटिलिटी विधाको विजेताले ई–सेवाका अध्यक्ष विश्वास ढकालबाट पुरस्कार ग्रहण गरेका थिए ।
winner- Health
अन्नेम्ड (भिआर) ले थ्रिडी हरर गेम एप निमार्ण गरेका थिए । सर्वोत्कृष्ट विजेताले २०१६ मा हुने अन्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

विजेता घोषणा कार्यक्रममा बोल्दै एनसेलका सिइओ एरिम टाइलानलरले विजेताहरुलाइ बधाई दिदै  विजेतालाई प्रदान गरिएको नगद पुरस्कारले ब्यवसाय सुरुगर्नको लगि आधार प्रदान गर्ने बताए  । ‘एनसेलले युवाहरुको आइसिटी प्रति रहेको क्षमता र संभावनालाई बाहिर ल्याउन आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यक्रमको निरन्तरता दिने छ ।’ उनले भने ।

यस्तै सुचना संचार तथा प्रविधि मन्त्रालयका सह सचिव कविराज खनालले विजेताहरुलाई बधाइ ज्ञापन गर्दै एनसेलले आइटी क्षेत्रको विकासको लागि बाटो देखाउने काम गरेका भन्दै एनसेलको कार्यको प्रशंसा गरे । उनले एप निर्माताहरुलाई थप संभावनाका बाटाहरु बढाउनगरी सरकारले काम अगाडी बढाउने बताए ।

खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरि अन्तिम प्रतिस्पर्धाकोलागि २४ समुहहरु छानिएका थिए । विगत ५ महिनादेखि जारी एनसेल एप क्याम्पमा प्रतियोगिताका लगि दर्ता भएका ७ सय २८ आइडिया मध्ये १ सय ५० आइडिया प्रतियोगिताको लागि छनोटमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्