Logo

कर्मचारीलाई डिसेम्बर २७ देखि फोरजी उपलब्ध गराउँदै रिलायन्स,कर्मसियल लञ्च छिटै्

कर्मचारीलाई डिसेम्बर २७ देखि फोरजी उपलब्ध गराउँदै रिलायन्स,कर्मसियल लञ्च छिटै्


बिजखबर संवाददाता
0
Shares

भारतीय टेलिकम्युनिकेशन सेवा प्रदायक रिलायन्स जिओ इन्फोकमले आगामी डिसेम्बर २७ देखि फोर जी सञ्चालन गर्ने भएको छ । कम्पनीले हाललाई आफ्ना सवै कर्मचारीहरुका लागि फोरजी सेवा उपलब्ध गराउन लागेको हो ।

मुकेश अम्वानीको देशभर रहेका रिलायन्स उद्योगका कर्मचारीलाई सो सेवा निःशुल्क प्रदान गर्न लागिएको बताइएको छ । रिलायन्स संस्थापक  धिरुभाई  अम्बानीको ८३औं जन्मउत्सवको अवसरमा यस्तो सुविधा प्रदान गर्न लागिएको हो ।

फोरजी सेवा व्यापािरक प्रयोजनका लागि आगामी मे बाट सुरु गरिने बताइएको छ ।

कम्पनीले आफ्नो फोर जी सेवा व्यापारिक प्रयोजनका लागि सार्वजनिक नगरेसम्म कर्मचारीले निशुल्क प्रयोग गर्न सक्ने बताइएको छ । रिलायन्सका टिष्ट्रिव्युटर, खुद्रा व्यापारी तथा फ्रेन्चाइजिजलाई भने हाललाई सो सुविधा प्रदान गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्