Logo

‘एमडीएमएस’ लागू : मोबाईल हराउँदा अरुले दुरुपयोग गर्न नसक्ने, आईएमईआई दर्ता अनिवार्य

‘एमडीएमएस’ लागू : मोबाईल हराउँदा अरुले दुरुपयोग गर्न नसक्ने, आईएमईआई दर्ता अनिवार्य



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आजदेखि मोबाइल डिभाईस मेनेजमेन्ट सिस्टम (एनडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । नेपालमा चोरी तथा अबैध आयात भएका मोबाइल रोक्नका लागि लामो समयदेखि प्रयासरत रहेपनि प्राधिकरणले आजदेखि उक्त व्यवस्था कार्यान्यनमा ल्याएको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै अबका दिनमा आयात गरिएका मोबाइलहरुको आईएमईआई दर्ता गरेर मात्रै संचालन गर्न सकिने व्यवस्था गरेको हो । मोबाईल सेटको गैरकानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न यो व्यवस्था लागु गरेको हो । नेपालमा आयात हुने मोबाईलहरु ह्वाईट र ग्रे मार्केटबाट आउने भित्रिने गर्दछन् । ह्वाईट मार्केटबाट आएका मोबाईलहरुलाई वैधानिक र ग्रे मार्केटबाट आएको मोबाईललाई अवैधानीक मान्ने गरिन्छ । यसरी ह्वाईट मार्केटबाट आउने मोबाईलहरु सरकारी तथ्यांकमा दर्ता गरेर आउने गर्दछन् । तर ग्रे मार्केटबाट आउने मोबाईलहरु विना दर्ता नै चलिरहेका हुन्छन् । यसलाई नियमन गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रले एकिकृत डाटा केन्द्रमा अब मोबाईलको पनि डाटा राख्नका लागि यो व्यवस्था लागु गरेको हो । उक्त व्यवस्था लागूभएसँगै मोबाइलको आयात एवं प्रयोगलाई थप व्यवस्थित, भरपर्दो र सुक्षित बनाईने प्राधिकरणले जानकारी दिएको छ ।

हाल डाटा माईग्रेसनको काम भईरहेको र बढिमा ६ महिनाभित्रमा सबै काम सकिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘हामीले पहिलो चरणमा यस अघि कति मोबाइल भन्सार तिरेर आएका छन् कति त्यतिकै भित्रएका छन्, कति गुणस्तरीय मोबाइल सेट छन् कति गुणस्तरहिन छन, कुन मोबाइल सेट कसले संचालन गरिसकेका छन् यी सबै कुरा पत्ता लगाउने छौं,’ उनले भने, ‘त्यसपछि मोबाइल प्रयोगकर्तालाई समेत समस्या नपर्ने गरी कार्यान्वयनम ल्याउने छौं ।’ तर साउन १ गतेदेखि नेपालमा भित्रिएका मोबाइल भने अनिवार्य रुपमा प्राधिकरणको सिस्टममा आईएमआई नम्बर दर्ता गराउनु पर्ने हुन्छ । अन्यथा आईएमआई दर्ता नभई नेपाल भित्रिएका मोबाईल सेट चल्ने छैन ।
उक्त व्यवस्थाले कुनै व्यक्तिको मोबाइल हराएको खण्डमा त्यस्ता व्यक्तिको डाटा गलत प्रयोग हुनबाट राक्ने छ भने मोबाइल चोरीको घटना समेत रोकिने छ । यस अघि मोबाइल चोरी गरेर आईएमआई नम्बर समेत परिवर्तन गरी संचालन गर्दै सम्बन्धित व्यक्तिको मोबाइलमा रहेको डाटाको गलत प्रयोग हुँदै आएको थियो । तर अब मोबाइल चोरी भएमा वा हराएमा आईएमआई नम्बरको सहायताले तुरुन्तै पत्ता लगाउन सकिने र चोरी गर्ने व्यक्तिले आईएमआई नम्बर समेत परिवर्तन गरेर संचालन गर्न सक्नेछैनन् ।

यसैगरी प्राधिकरणले ल्याएको उक्त व्यवस्थाले सरकार, आयातकर्ता र उपभोक्ता तीनैपक्षलाई फाइदा पुग्ने मोबाइल इम्पोर्टस एसोसिएसनका अध्यक्ष दिपक मलहोत्राले जानकारी दिए । ‘चोरीको वा ग्रे मार्केटबाट भित्रने मोबाइल रोकिदा सरकारको राजस्व बढ्ने छ भने आयातकर्ताको पनि व्यापार बढेर बढि नाफा कमाउन सकिने छ,’ उनले भने, ‘यसअघि ग्रे मार्केटबाट भित्रिएका गुणस्तरहित मोबाइल सेटका कारण उपभोक्ता मारमा परेको गुनासो आएका थिए तर अबका दिनका त्यो पनि रोकिने छ ।’

साथै त्यसरी दर्ता भएर मोबाइल सेट बिक्री भएको खण्डमा अन्य व्यक्तिले चोरी गरेर वा हराएको खण्डमा दुरुपयोग गर्न नसक्ने उनले जानकारी दिए । ‘यसअघि मोबाइल हराएको वा चोरी भएको खण्डमा सिममात्रै ब्लक गर्न सकिन्थ्यो भने अबका दिनमा मोबाइल नै नचल्ने बनाउने सकिन्छ,’ उनले भने, ‘जसका कारण अरुपको मोबाइल चोरी गरेर वा भेट्टाएको खण्डमा समेत आईएमईआई नम्बर परिवर्तन गरेर पुनः संचालनमा ल्याउन सकिनदैन ।’ साथै अबका दिनमा मोबाइल प्रयोग गरेर अरुलाई धम्क्याउने, गलत क्रियाकलाप गर्नेजस्ता गतिविधि रोक्नलाई समेत उक्त व्यवस्थाले सहयोग गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL