Logo

टेलिकमको २ कन्टेनर रिचार्ज कार्ड सिमापारी रोकियो, जहाजबाट कार्ड ल्याउन शुरु

टेलिकमको २ कन्टेनर रिचार्ज कार्ड सिमापारी रोकियो, जहाजबाट कार्ड ल्याउन शुरु



काठमाडौं ।  नेपाल टेलिकमले हवाईमार्गबाट रिचार्जकार्ड ल्याउन शुरु गरेको छ । टेलिकमले तराई–मधेसमा जारी आन्दोलन तथा भारतीय नाकाबन्दीले गर्दा स्थलमार्गबाट कार्ड ल्याउन नसकेको भन्दै हवाइमार्गबाट ल्याउन शुरु गरेको हो ।

टेलिकमले नेपाल वायु सेवा निगमको जहाजबाट रिचार्ज ल्याउन शुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।

तराई मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण टेलिकमका रिचार्ज कार्ड सीमापारि रोकिएकोले हवाईमार्गबाट ल्याउन शुरु गरेका हौ उनले भनिन् । उनका अनुसार टेलिकमका २ कन्टेनर कार्ड सीमामा रोकिएका छन् ।

टेलिकमले कुल १ करोड ६० लाख थान रिचार्ज कार्ड हवाई मार्गबाट ल्याउन लागेकोमा ५४ लाख थान ल्याएको हो । अब बाँकी १ करोड ६ लाख थान रिचार्ज कार्ड यसै साताभित्र ल्याउन तयारी गरिएको बताइएको छ । हवाइमार्गबाट दोव्वर कष्ट परेपनि त्यसको प्रभाव सेवामा भने नपार्ने उनले जानकारी दिइन् ।

हवाइमार्गबाट रिचार्ज कार्ड ल्याउन रिचार्ज कार्ड उत्पादक र वायु सेवा निगमसँग सम्झौता भइसकेको उनले बताइन् । जहाजबाट१ सय, २ सय, ५ सय र १ हजार दरका कार्ड ल्याउन शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL