Logo

डिसहोमको भैसेपाटीस्थित स्टेशनमा आगजनी , करिव ४ करोडको क्षती

डिसहोमको भैसेपाटीस्थित स्टेशनमा आगजनी , करिव ४ करोडको क्षती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डिसहोमको ललितपुरस्थित भैसेपाटीमा रहेको कन्ट्रोल यूनिटमा अज्ञात समुहरुले आगजनी गरेको छ । विहान करिव ६ बजेतिर एक समुहले सो स्टेशनमा पेट्रोल बम हानेको बताइएको छ ।

आगजनीबाट करी ४ करोडको क्षती भएको डिसहोमका कार्यकारी निर्देशक सुदिप आचार्यले जानकारी दिए । ‘ क्षतीको पूर्ण विवरण भने आइसकेका छैन उनले भने ‘ अनुशन्धान हुँदै छ ।’

सिसि क्यामराको फुटेजबाट करिव ७ जनाको समुहले आगजनी गरेको पत्ता लागेको उनले जानकारी दिए । साथै थप अनुशन्धान भइरहेको बताइएको छ । घटना कसले गरेको थाहा नभएपनि
भारतीय च्यानल बन्द गराउन चेतावनी दिइरहेको समूहले आगजानी गरेको हुन सक्ने आचार्यको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL