Logo

एनटीसीले ल्यायो नयाँ योजना, रिचार्ज गर्दा बोनस पाइने

एनटीसीले ल्यायो नयाँ योजना, रिचार्ज गर्दा बोनस पाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि रिचार्जमा १ महिने बोनस अफर ल्याएको छ ।
एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत हुने रिचार्जमा बोनस पाइने  भएका छन् ।

बोनस मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म लागु गरिने एनटिसीकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

उनका अनुसार सो अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १ हजारको रिचार्जमा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउछन् । त्यसैगरी, एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL